Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक


ग्लोबल पाना
बुधबार, भदौ १२ २०८१
  • 576
    SHARES

  • images
    नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक

    काठमाडौं, ११ भाद्र । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ । 

    images
    images
    images

    लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै पल्सर एनएस ४०० जेडमा राइड-बाई-वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ ।

    लन्चको क्रममा गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयोे, “नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिन्छ र हामी विश्वास गर्छौं कि नेपाली बजारमा लामो समयदेखि प्रतिक्षित एनएस ४०० जेडले यो विरासतलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।”

    विशेषताहरुको कुरा गर्नुपर्दा बजाज पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट, र अफ-रोड गरी चारवटा राइडिङ मोडहरू समावेश रहेका छन् । साथै स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल-च्यानल एबिएस पनि यसमा उपलब्ध छ जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ । यो  बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल-कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ जसले टर्न-बाई-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्दछ ।

    मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएल ट्यांक, आरामदायी स्प्लिट-सीट र स्टाइलिश १७-इन्च एलोय ह्वील दिइएको छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ ।

    भदौ ११ देखि भदौ १६ सम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने  ग्राहकहरूले रु. ५,५९,९०० मा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । नाडा अटो शोमा बजाजले “एक्सप्रेस योर सेल्फ” नामको अन्तरक्रियात्मक थिम पनि सन्चालन गरीरहेको छ । यस अन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

    यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् । यस्ता अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेर बजाजले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नुका साथै आफ्ना उपभोक्ताहरूसँग आत्मीयता बढाउने वातावरण पनि सिर्जना गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ