Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मिस युनिभर्स २०२३ विजेता शेनिस पालासियोस नेपालमा


ग्लोबल पाना
शनिबार, भदौ १५ २०८१
  • 397
    SHARES

  • images
    मिस युनिभर्स २०२३ विजेता शेनिस पालासियोस नेपालमा

    नेपाली सौन्दर्य प्रतियोगिताको लागि एक ऐतिहासिक उपलब्धि

    काठमाडौं, १३ भाद्र । नेपालको इतिहासमा पहिलो पटक मिस युनिभर्स विजेताले भ्रमण गर्दैछिन्। मिस युनिभर्स नेपाल २०२४ मा अतिथिको रुपमा मिस युनिभर्स २०२३ शेनिस पालासियोस नेपाल आएकी हुन्। यस ऐतिहासिक क्षण नेपालको सौन्दर्य प्रतियोगिताको लागि एक महत्वपूर्ण कोसेढुङ्गा रहेको आयोजकको दाबी छ । शेनिस मिस युनिभर्स नेपाल २०२४ को प्रि-जजमेन्ट राउन्डसम्म रहने आयोजकले जनाएको छ ।

    images
    images
    images

    मिस युनिभर्स नेपालकी नेसनल डाइरेक्टर, संगीता पुरीले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो , “मिस युनिभर्स २०२३ शेनिस पालासियोसलाई नेपालमा स्वागत गर्न पाउँदा हामी निकै गर्वित छौं । उहाँको भ्रमण नेपालको सौन्दर्य प्रतियोगिताको लागि एक ऐतिहासिक उपलब्धि हो । साथै विश्व सौन्दर्य समाजमा नै यसले सौन्दर्य प्रतियोगिताप्रति नेपालको बढ्दो आकर्षणलाई उजागर गरेको छ । हामी प्रतियोगिहरुलाई उत्कृष्ट प्रशिक्षण र अवसर दिन प्रतिबद्ध छौँ र सोही अनुरुप काम गरिरहेका छौं ।” त्यसैगरी मिस युनिभर्स २०२३ शेनिस पालासियोसले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो , “पहिलो पटक नेपाल भ्रमण गर्न पाउँदा म निकै उत्साहित छु । मिस युनिभर्सको रूपमा मैले नेपाली महिलाहरूलाई सशक्त बनाउने र यहाँको विविधतालाई पनि सङ्गाल्ने अवसर पाएको छु । म नेपालको राष्ट्रिय तथा सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्नुका साथै नेपालको पर्यटन र आर्थिक वृद्धिको प्रवर्धनमा योगदान पुर्‍याउन चाहन्छु । मलाई विश्वास छ मेरो यो नेपाल भ्रमणले विश्वभरका मानिसहरूलाई नेपालको मौलिकताका बारेमा जानकारी पुग्नेछ ।

    निकारागुआको मानागुवाबाट आएकी २४ वर्षीय शेनिस पालासियोस एक अधिवक्ता (मानसिक स्वास्थ्य) र अडियो भिजुअल निर्माता पनि हुन । उनको यो भ्रमण सौन्दर्य प्रतियोगिता क्षेत्रको लागि गर्वको क्षण मात्र नभएर विश्व पर्यटकका लागि नेपाललाई एक प्रमुख गन्तव्यको रूपमा चिनाउने सुनौलो अवसर पनि हो ।

    यो अन्तर्राष्ट्रिय सौन्दर्य र फेसन क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्ने प्रमाण पनि हो । पालासिओसको आगमनले नेपालको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । सामाजिक सन्जालमा व्यापक फलो र अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त शेनिसकोभ्रमणले पर्यटक र लगानीकर्ताहरूलाई नेपालमा आकर्षित गर्ने आयोजक कम्पनीले विश्वास व्यक्त गरेकोछ । मिस युनिभर्स पालासिओसले आफ्नो भ्रमणको क्रममा सांस्कृतिक आदानप्रदान, प्रमुख सरोकारवालाहरूसँग भेटघाट र प्रतिष्ठित पर्यटक गन्तव्यहरूको भ्रमण लगायत कार्यक्रमहरूमा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगीहरुलाई अनिल केशरी शाह, चारु चड्डा, माल्भिका सुब्बा, रन्जित आचार्य, सुरक्षा भट्टराई, घन गुरुब, सोफिया भुजेल, सिद्धार्थ सिंह र मिलन चाम्स लगायतका ख्यातिप्राप्त व्यक्तित्वहरुलेविभिन्न विषयमा प्रशिक्षण प्रदान गरिरहेका छन्। मिस युनिभर्स नेपाल २०२४ को ग्राण्ड फिनाले सेप्टेम्बर ७ मा हुने तय भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ