Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन लाइफद्वारा आयोजित “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न 


ग्लोबल पाना
मंगलबार, भदौ १८ २०८१
  • 274
    SHARES

  • images
    सिटिजन लाइफद्वारा आयोजित “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न 

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रत्यक वर्ष आयोजित हुने तीन दिने कार्यक्रम “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सफलता पूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम २०८१ साल भाद्र महिनाको १४ गते देखी १६ गतेसम्म चितवनको सौराहा स्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।    

    images
    images
    images

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजर सहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्र्य गरेकोे आधारमा केहि एजेन्सी म्यानेजरहरुलाई सो कार्यक्रममा सहभागी गराउदै आएको छ । छनौट भएका सिनियर एजेन्सी मेनेजरहरुको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा उच्च अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट सक्षम बनाउने यस कार्यक्रमको उद्देश्य रहेको छ ।

    यस्तो किसिमको कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । सिटिजन लिडर्सहरुलाई नियमित कार्यशैली भन्दा नयाँ र फरक ढङ्गले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने विगतको अनुभवले देखाएको छ । यसै क्रमलाई कम्पनीले मध्धेनजर गर्दै उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सहरुलाई तालिम प्रदान गरिएको छ ।

    साथै यसै कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम पनि संचालन गरेको छ । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिुइएको छ ।

    यस कार्यक्रममा एजेन्सी म्यानेजरहरुका साथै कम्पनीको व्यवस्थापन टिमका लगायत प्रमुख व्यवसाय अधिकृतहरुको समेत उपस्थिती रहेको थियो । प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ