Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पल्सर स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक


ग्लोबल पाना
सोमबार, भदौ २४ २०८१
  • 287
    SHARES

  • images
    पल्सर स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक

    काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत बिभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै मञ्चले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाका समान ५-५ जनाको मनोनयन सार्वजनिक गरेको हो।

    images
    images
    images

    जसअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल ( क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराते) र सुवास तामाङ (गल्फ) मनोनित भएका छन्।

    त्यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा एरिका गुरुङ (कराते), मेनुका राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) मनोनयनमा परेका छन्।

    त्यस्तै युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिस) परेका छन् भने वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) पर्न सफल भएका छन्। मनोनयनमा परेका ५ जनामध्येबाट अवार्डकै दिन विजेता घोषणा गरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताए।

    यस पटक पिपल्स च्वाइस विधाको मनोनयनमा भने गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) परेका छन्।

    स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ २८ गते हुने मञ्चले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ