Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा खुल्यो जागिरको अवसर 


ग्लोबल पाना
शुक्रबार, भदौ २८ २०८१
  • 311
    SHARES

  • images
    नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा खुल्यो जागिरको अवसर 

    काठमाडौं। नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ। शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठूलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो।

    images
    images
    images

    योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ। प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ।

    सूचना बारे बिस्तृत जानकारी लिन र आवेदन दिने प्रक्रिया बारे बुझ्न यस लिंकमा हेर्न सकिन्छ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ