Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

डिजिटल कन्सोल सहितको नयाँ बजाज पल्सर एनएस २०० नेपालमा उपलब्ध


ग्लोबल पाना
मंगलबार, असोज १ २०८१
  • 287
    SHARES

  • images
    डिजिटल कन्सोल सहितको नयाँ बजाज पल्सर एनएस २०० नेपालमा उपलब्ध

    काठमाडौं, १ असोज । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितकोपूणर् डिजिटल कन्सोलको साथमा आएको छ ।

    images
    images
    images

    नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसमा लागि ६-स्पीड गियरबक्स र नयाँ प्रणालीकोएलइडी लाइटिब रहेको छ । यस मोटरसाइकलकोमुख्य विशेषता भनेकोब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण-डिजिटल कन्सोल हो जसमा टर्न-बाई-टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स-टु-एम्प्टी रिडआउट, र इन्धन खपतकोडेटा रहेको छ ।

    अपसाइड-डाउन फ्रन्ट फोर्क्स र डुअल-च्यानल एबिएसले उत्कृष्ट ब्रेकिब कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिब र उत्कृष्ट पावर-टु-वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ । यस बारे बोल्दै गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले भन्नुभयो, “हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । एनएस २०० पहिले नै नेपाली राइडरहरुको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो । ग्राहकहरुको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोल सहितकोबजाज पल्सर एनएस २०० नेपालमा भित्राएका हौं ।”

    नयाँ बजाज पल्सर एनएस २०० को मुल्य रु. ४,४४,९०० रहेकोछ । ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ