काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्सले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ । सि.जी. का अनुसार यस अभियान अन्तर्गत दस भाग्यशाली ग्राहकहरुले १० - १० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।
यो अफर सि.जी। का साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सि.जी. का कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्ने हुन्छ ।
यो योजनामा सि.जी.का हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


