Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती र कर्णाली प्रदेशमा बिहानैदेखि वर्षा


ग्लोबल पाना
मंगलबार, असोज ८ २०८१
  • 265
    SHARES

  • images
    देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती र कर्णाली प्रदेशमा बिहानैदेखि वर्षा

    काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

    images
    images
    images

    कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा हुनेछ । केही स्थानमा मध्यम र एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू-भाग, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ