Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया पुनः अघि बढाइदै


ग्लोबल पाना
बिहीबार , असोज १० २०८१
  • 517
    SHARES

  • images
    सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया पुनः अघि बढाइदै

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया पुनः अघि बढेको छ । अध्यक्षका लागि तीन जना आवेदकलाई पुनः अन्तर्वार्तामा बोलाइयोको हो ।  करिब ३ महिनापछि यस अघिका सबै प्रक्रिया रद्ध गर्ने निणर्य गरेको सिफारिस समितिले सोही प्रक्रियालाई पुनः अघि बढाउने निणर्य गरेको छ । यसअघि असार १४ गते अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिको बैठकले त्यसअघिसम्मको सबै प्रक्रिया रद्व गर्ने निणर्य गरेको थियो ।

    images
    images
    images

    असोज १० गते सिफारिस समितिले सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । असोज ९ गते बसेको सिफारिस समितिको बैठकले असोज १८ गते विहान ८ बजे यस अघि संक्षिप्त सूचीमा परेर पनि व्यवसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी नभएका तीन जना आवेदकहरूलाई बोलाउने निणर्य गरेको हो।

    पुस २० गतेपछि रित्त पूँजीबजारको नियामक निकाय बोर्ड अध्यक्ष नियुक्तीका लागि माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा सरकारले तीन सदस्यीय सिफारिस समिति गठन भएको थियो । उक्त समितिले बोर्ड अध्यक्ष नियुक्तिका लागि कार्यविधिनै बनाएर फागुन १६ गतेदेखि ३० गतेसम्म आवेदन माग गर्दा १९ जनाको आवेदन संकलन गरेको थियो । 

    ती आवेदकहरूमध्येबाट योग्य पाँच जनाको नाम समेत सर्टलिष्ट गरी अन्तवार्ताको लागि बोलाइएकोमा पाँच जनामध्ये सन्तोष श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र अन्तरवार्तामा सहभागी भए । सर्टलिष्टमा परेका पाँच जनामध्ये डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाई दोस्रो पटक बोलाउदा पनि अन्तरवार्तामा सहभागी भएनन् ।

    सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनालाई असार २ गते पहिलो पटक व्यवसायिक कार्ययोजना प्रस्ततुतीकरण र अन्तरवार्ताका लागि बोलाइएकोमा दुई जना मात्र सहभागी भएपछि बाँकी उम्मेद्वारका लागि असार ५ गते पुनः अन्तरवार्तामा बोलाएको थियो । 

    उक्त दिन पनि तीन उम्मेद्वार सहभागी नभएपछि सिफारिस समितिले महान्यायाधिबक्ताको कार्यालयबाट कानुनी राय माग गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयमा दुई जनाको मात्र नाम मन्त्रिपरिषदमा सिफारिस गर्न नसकिने धितोपत्र सम्बन्धी ऐन र कार्यविधि बमोजिम न्यूनतम तीन जना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने राय दिएसँगै सिफारिस समितिले सो अवधिसम्मको सबै प्रक्रिया रद्द गर्ने निणर्य गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ