Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘एक्टर : टेक वन’ र ‘कमेडी दरबार’ले देशका प्रमुख सहरमा बृहत् खुला कार्यक्रम गर्ने


ग्लोबल पाना
शुक्रबार, असोज १८ २०८१
  • 299
    SHARES

  • images
    ‘एक्टर : टेक वन’ र ‘कमेडी दरबार’ले देशका प्रमुख सहरमा बृहत् खुला कार्यक्रम गर्ने

    काठमाडौं । कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर ः टेक वन’ले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ । यो टुर काठमाडौं उपत्यका बाहिरका ६ मुख्य सहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा हुनेछ ।

    images
    images
    images

    यो प्रचारात्मक टुर कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुनेछ। कार्तिक १ गते सुनसरीको इटहरीबाट सुरु भई, २ गते चितवनको नारायणगढ, ३ गते रुपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगन्ज, ५ गते दाङको तुलसीपुर, र अन्तिम कार्यक्रम ७ गते कास्कीको पोखरामा सम्पन्न हुनेछ ।

    चलचित्रका निर्माता थमन कुमार भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिने जानकारी दिएका छन् ।  लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुनेछ ।

    प्रत्येक कार्यक्रमहरूमा चलचित्र ‘एक्टरस् टेक वन’का कलाकारहरू प्रदीप खड्का, अन्ना शर्मा, दिव्या रायमाझी लगायतका प्रस्तुति हुनेछ भने ‘कमेडी दरबार’का चर्चित कमेडियनहरू सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्र शाकी (मिस पबी), सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवाल लगायतको सहभागिता रहनेछ ।

    चलचित्रमा प्रदिप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको निर्देशन राजन भुसालले गरेका छन् भने कथा आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

    ‘अदृत फिल्म्स’ र ‘मोती फिल्म्स’को संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमन कुमार भण्डारी र सह(निर्माता अनिश भुसाल हुन् ।

    नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको सङ्गीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी रहेको चलचित्रमा, अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।

    पोस्ट(प्रोडक्सन सुपरभाइजर साहिल खान, रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका हुन् भने मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ