Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नौलो घुम्ती नेपालको १२ औं अधिबेशन सम्पन्न


ग्लोबल पाना
शुक्रबार, असोज १८ २०८१
  • 393
    SHARES

  • images
    नौलो घुम्ती नेपालको १२ औं अधिबेशन सम्पन्न

    पोखरा । नौलो घुम्ती नेपालको २३ औं बार्षिक साधारण सभा तथा १२ औं अधिबेशन शुक्रबार पोखरामा सम्पन्न भएको छ। अधिबेशनले सुरेन्द्र थापा मगरको को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।

    images
    images
    images

    प्रथम उपाध्यक्षमा मंगल नेपाली, द्वितीय उपाध्यक्षमा मिना कुमारी गुरुङ, महासचिवमा कमल अर्याल, सचिबमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कमला रिमाल चयन भए। त्यसैगरी समितिको सदस्यहरूमा योगेन्द्र प्रधान, बिनु गुरुङ, राममाया बि क, तुमला श्रेष्ठ, इन्जिनियर शारदा मोहन काफ्ले, ढुन्डीराज ज्ञवाली र नारायण पौडेल चयन भए। यसअघि अधिबेशनको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे।

    पौडेलले नौलो घुम्ती नेपालले लागुपदार्थ सम्बन्धि परामर्श ,उपचार तथा पुनर्स्थापनाका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै लागू पदार्थमुक्त समाज निर्माणका लागि अझै बढी प्रभाबकारीतामा जोड दिन आग्रह गरे।

    सो संस्थाबाट संचालित अधिक परियोजना सफल देखिएको भन्दै प्रमुख पौडेलले सबै गैरसरकारी संस्थाहरूले पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दुमा राख्न आग्रह गरे । उनले गैरसरकारी संस्थाहरू विभिन्न तहका सरकारको अभिन्न पाटो भएको हुँदा देशलाइ बिकृति मुक्त बनाउदै समृद्धिको सहकार्यमा थप जोडदिनुपर्ने उल्लेख गरे।

    उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ, पोखरा महानगर वडा न १७ का वडा सदस्य शिबराम भण्डारी, रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्का, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, लायन्स क्लब ईन्टरनेसनलका पूर्ब गर्भनर योगेन्द्र प्रधान, नौलो घुम्ति नेपालका संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ, पूर्ब अध्यक्षद्वय खड्ग बहादुर रानाभाट, पदम बहादुर पहारी, संस्थाका पूर्ब प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ज्ञवाली, सन्चारकर्मी दिपेन्द्र श्रेष्ठ ,साहारा क्लब पोखराका पूर्ब अध्यक्ष बिक्रम थकाली, एफ एच आइ संस्थाका गण्डकी प्रदेश संयोजक सुनिल रानाभाट, नौलो घुम्ती नेपालका प्रथम उपाध्यक्ष सुरेन्द्र थापा मगर, द्वितीय उपाध्यक्ष मंगल नेपाली सहितले मन्तव्य व्यक्त गरेका थिए।

    साधारण सभाले महासचिव मिना कुमारी गुरुङले पेश गरेको संस्थाको बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष महेन्द्र गुरुङले पेश गरेको आर्थिक प्रतिबेदन पारित गरेको छ। सो अबसरमा उक्त संस्थाको सामाजिक परिक्षण समेत सम्पन्न भएको छ । अध्यक्ष बद्रीबिनोद प्रतिकको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन सचिब कमल प्रसाद अर्यालले गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ