Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ 


ग्लोबल पाना
शुक्रबार, कात्तिक २ २०८१
  • 274
    SHARES

  • images
    सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ 

    काठमाडौं । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पुर्‍याई सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता प्रदान गरी सामाजिक स्तर बढाउन र समाजामा सकारात्मक प्रभाव ल्याउन  सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धी तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ अघी बडेकोे सिटिजन लाइफ इन्स्योरेन्स बि.सं. २०७४, भाद्र ७ गतेको दिन जीवन बीमा व्यवसाय गर्न ईजाजत प्राप्त गरेर बि.सं. २०७४, कार्तिक २ गतेबाट व्यवसायिक करोबार शुरु गरेको थियो । यस कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

    images
    images
    images

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको सुनौलो अवसरमा सप्ताह व्यापी कार्यक्रमहरु आजबाट सुचारु गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ र यस वार्षिकोत्सवमा पनि, एक सप्ताह चल्ने गरी संस्थागत समाजिक उत्तरदायित्व सँगै अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

    यस वर्ष विशेष प्राथमिक्तामा बीमा सचेतना कार्यक्रम राखिएको छ । अहिलेको सन्दर्भमा हेर्दा अझै पनि धेरै नेपालीहरुमा जीवन बीमा सम्बन्धि जानकारी एवम चेतनाको कमी रहेकोले जनसमुदायमा जीवन बीमा प्रतिको जनचेतना वृद्धिका लागि विभिन्न ठाउँमा भव्य रुपमा सडक र्‍याली, घर दैलो कार्यक्रम संचालन गर्ने जनाएको छ । यसका साथै कम्पनीका कयौं शाखाहरु अन्य थुप्रै संस्थाहरुसँग आबद्ध भएर जीवन बीमा सम्बन्धी कक्षाहरु सञ्चालन गर्ने जानकारी प्राप्त भएको छ ।

    यसैगरी वार्षिकोत्सवको दिन नेपालमा रहेको जातिय विविधतालाई मनाउने अवसरको रुपमा लिदै कम्पनीले यस वर्षदेखि ‘ विविधता र समावेशीकरण’ विशेष कार्यक्रमको सुरुवात गरेको छ र विविधतामा एकतालाई प्रवद्र्धन गर्ने र संस्थामा रहेका कर्मचारीहरू बीचमा आत्मीयताको भावना विकास गर्ने साथै एक अर्काको संस्कृति बारे ज्ञान बढाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्वको सन्दर्भमा नेपालमा हालै भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरुले कयौं मानवीय तथा धन-जनको क्षति गरेको थियो । यस दुःखद घटनाले अस्त-व्यस्त पारेको परिवारहरुलाई अन्न, न्यानो कपडा लगायत अन्य राहत सामाग्री वितरण कार्यक्रमको पनि आयोजना रहेको कम्पनीले जनाएको छ । यसै सन्दर्भमा, प्राकृतिक प्रकोपलाई सामना गर्न तथा ग्लोबल वार्मिङ जस्ता ठुलो समस्यालाई केहि हद सम्म रोक्नका लागि सिटिजन लाइफले लिएको ‘गो ग्रीन’ पहल अन्तर्गत विभिन्न ठाउँहरुमा वृक्षा रोपण कार्यक्रम सञ्चालन गरिनेेछ ।

    त्यसैगरी, कम्पनीले हरेक वर्ष आयोजना गर्ने गरेको रक्तदान कार्यक्रम यसपाली पनि प्रधान कार्यालय लगायत देशभरीका विभिन्न शाखा कार्यालयहरुमा गरिने भएको छ । देशमा हालै आएको प्राकृतिक प्रकोप र डेङ्गु जस्ता विभिन्न रोगको महामारी फैलिरहेको समयमा, आवश्यकतामा परेकाहरुलार्ई मद्दत गर्न पाउदा कम्पनी आभारी हुने कुरा व्यक्त गरेको छ ।

    यसका साथै कम्पनीको हालसम्मको प्रगतीमा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु, सञ्चालक समिति, सदभावना दुतद्वय, संचारकर्मी, व्यवसायिक सझेदारहरु, कर्मचारी लगायत सबै शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता जाहेर गर्दै आगामी दिनहरुमा कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको र प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्नुका साथै दिपावलि, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य दिर्घायु एवम उत्तरोतर प्रगतिको लागी हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ