Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने


ग्लोबल पाना
शुक्रबार, कात्तिक ९ २०८१
  • 453
    SHARES

  • images
    नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत वर्ष पनि कम्पनीले सोही अनुपातमा लाभांश वितरण गरेको थियो । 

    images
    images
    images

    कात्तिक ८ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

    गत वर्ष ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ