Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अवकाश पछिको एक्लो जिन्दगी


ग्लोबल पाना
आइतबार, कात्तिक २५ २०८१
  • 747
    SHARES

  • images
    अवकाश पछिको एक्लो जिन्दगी

    शरद पौडेल

    images
    images
    images

    जागीरे जीन्दगीमा धेरैलाइ सहयोग गरियो । धेरैले मबाट धेरै कुरा पाए । साथीभाइको लागि मैले पनि सवथोक गर्दै गए । मेरो सर्वश्नै साथीभाइ हुन र साथीभाइ नै मेरो सर्वश्व हुन भनेझै ठानेर । हुंदा हुदा कसैलाइ रक्सी खान परेपनि एकछिन जाउन भनि एकपेग रक्सीको लागि पनि म कहां आउथे साथीहरू । मेरी श्रीमतीले पनि विना झिजो मेरा साथी भाइहरूलाइ स्वागत गर्थिन । घरमा आएका साथीलाइ पाहुना झै संझेर आदरसत्कार पनि गर्थिन मेरी श्रीमतीले । त्यसैले होला म कहां प्रायजसो साथीभाइहरू आउन मन पराउथे । अहिले ढिला गरी वुझ्दा मेरी श्रीमतीको अदरभाव र रक्सीको कारणले हो जस्तो लाग्थ्यो साथीहरू म कहां आउनुको प्रमुख कारण चाही ।

    जागीर अवधिभर मलाइ लाग्थ्यो मलाइ जीवनभर सहयोग गर्ने साथी यिनै हुन । मलाइ आफ्नो घरपरिवार आफन्त कोही पनि चाहिन्छ जस्तो लागेन त्यसवेलामा, खाली साथीभाइ मात्र भए पुग्छ जस्तो लाग्थ्यो । अन्तिम गन्तब्य संझेर गर्नुसम्म खातिरदारी गरियो साथीभाइको लागि । यही कारणले साथीभाइहरूको आवागमन निकै भयो मेरो घरमा त्यसवेला । कसैकसैले त घर जाने बाटो पर्यो फलानाको घरमा गएर एकप्याग खाएर जाउन भनेर पनि पस्थे रे मेरो घरमा भनेर पनि सुनाउथे ।

    समय वित्दै गयो उमेरले डाडो काटदै गयो अवकासको नजिकनजिक पुगियो विस्तारै साथीभाइहरूको आवागमन कमकम हुदै गयो । तपाइको लागि ज्यान पनि दिन्छउ भन्नेहरू पनि हराउदै गए । फोन गरेपनि एउटा वहाना वनाउन थाले । विस्तारै उनिहरूले गन्तव्य परिवर्तन गर्दै गएछन । अव अर्को घनिष्ट साथीको खोजीमा लागेछन ।

    यसरी साथीभाइ साथीभाइ भन्ने क्रममा परिवारसंग दूरी वढ्यो, आफन्तलाइ मान्छे गनिएन, सवलाइ पाखे भनियो । उनिहरूसंग पनि नजिक जान सकिएन । गाउमा म नजिक जान खोज्यो उनीहरू टाढा जान खोज्छन, कोही पनि वोल्न चाहदैनन मसंग । त्यो स्वभाविक पनि थियो मेरो लागि किनभने इज्जत दिए न पाउने हो । इमान्दारीका साथ भन्नु पर्दा मैले त्यसवेला उपहास नै गरेको हुं मेरो गाउलाइ, परिवारलाइ र अफन्तलाइ । यही कारणले अहिले गाउमा र आफन्त कहां गएर वस्न सक्ने र घुलमिल गर्नसक्ने अवस्था पनि रहेन । परिणाम, अवकास पछिको जीवनमा साथीभाइ अफन्त नजिक हुनुपर्ने वेलामा म एक्लो हुदै गएको छु । जव जीवनमा मानिस एक्लो हुन्छ उ कमजोर भएको संझन्छ अनि यहीवेला हो भनेर परिवार र आफन्तले पनि हेप्दो रहेछन । एक्लो र कमजोर भएको वेला शत्रुले त हिर्काउछ नै तर आफन्तले पनि हिर्काउदा गहिरो चोट पुग्दो रहेछ र जाने ठाउ पनि भेटिने रहेनछ ।

    त्यसैले ढिलो गरी वझ्दा यि बीचमा अएका चिजविज, वस्तुहरू सव क्षणिक हुन, मानसिहरू अवसरवादी र वस्तुपरक हुने रहेछन । आवश्यता अउचित्यता पूरा भएपछि गन्तब्य परिवर्त गर्ने रहेछन सबैले । वास्तवमा चाहिने भनेको तिनै पाखे भनिएकाहरू नै रहेछन । जस्तो सुकै पारिवारिक सम्वन्ध भएपनि चाहिने त्यही परिवार नै रहेछ मानिसको उत्तरार्धको जीन्दगीमा ।

    त्यसैले जीन्दगीमा मैले ठूलो भूल गरेछु आफ्नो मानिसहरूलाइ उपहास गरेर  । जीवनको उत्तरार्धमा म एक्लो हुन पुगेछु आफ्नै कारणले । कहांकहांको मानिसहरूलाइ आफ्नो वनाउंदाको परिणाम भोगिरहेको छु मैले ।

    यदि हामीले बीचमा फेला पारेका मानिसहरू रेलवेको प्लेटफर्ममा भेटिएका यात्रु संझेर हिड्योउ, पद र प्रतिष्ठा सव क्षणिक हो मेरो जरा त त्यही पाखे, त्यही अनपढ, त्यही थोत्रा लुगावाला हुन म एकजना उछिट्टिएर मात्र जागीरमा पुगेको हुं भनेर आफ्ना र आफन्तहरू प्रति सदासदभाव कायम गरेर जीन्दगीमा अगि वढेउ भने उत्तरार्धको जीवन सहज, सफल र दीर्घायु हुन्छ । बुझदै जांदा मलाइ के पनि हो जस्तो लाग्यो भने हाम्रा बाउबाजेहरूले धेरैजसो मानिसहरू जागीरबाट अवकाश भएको १० वर्ष भित्रमा मर्छन भनेको कारण यही सामाजिक (अइसोलेशन) उपेक्षाको कारणले नै हो जस्तो मलाइ लाग्यो ।

    यसर्थ, प्लेटफर्ममा भेटिएका यात्रीहरू नै मेरा अन्तिम साथी र गन्तब्य हो भनेर नहिडउ । हाम्रो गन्त्यब्य त आफन्त, जन्मथलो र आफ्नो रगतको नाता मात्र हो । बांकी सव स्वार्थका नाता रहेछन । बिचार गर्नुस कतै तपाइ पनि मेरो जस्तो भ्रममा परेर उत्तरार्धको जीन्दगीलाइ एक्लो त वनाउदै गइरहनु भएको छैन ।  

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ