Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय क्युआर पेमेन्टको लागि समझदारीपत्रमा हस्ताक्षर


ग्लोबल पाना
शुक्रबार, कात्तिक ३० २०८१
  • 431
    SHARES

  • images
    महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय क्युआर पेमेन्टको लागि समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं। महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस लि बीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र पहिलो विकास बैंक बनेको छ। बुधबार एक कार्यक्रमका बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।

    images
    images
    images

    यस समझदारी अन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिफिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरुले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा सहज रुपमा क्युआर पेमेन्ट गर्न सक्नेछन्।

    यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्‍याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

    यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ