Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिलिटर रु. १४ का दरले दूधको मूल्य बढाउन माग


ग्लोबल पाना
सोमबार, पुस १८ २०७९
  • 230
    SHARES

  • images
    प्रतिलिटर रु. १४ का दरले दूधको मूल्य बढाउन माग

    चितवन । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् ।

    images
    images
    images

    किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ ले किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताए ।

    दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उहाँले दूधको मूल्य बढ्न नसके किसान पलायन हुने अवस्था आउने बताए । उनले किसान परिचयपत्रको व्यवस्था र आवश्यकअनुसारको अनुदानको व्यवस्था गर्न माग गरे ।

    “कृषि तथा दुग्ध सहकारीको तथा व्यावसायिक फार्मको भौतिक पूर्वाधारमा राज्यले ८० प्रतिशत अनुदान दिनुपर्छ”, उनले भने, “कृषि कर्जालाई थप व्यवस्थित बनाउनुपर्छ।” कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको बताए ।

    नीतिका कारण किसान दिनप्रतिदिन विदेश पलायन भइरहेको उनको भनाइ छ । नेपालमा २२ लाख घर परिवार दूध उत्पादन गरेर आत्मनिर्भर बनेको समाजले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ