Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

'मनलाई जिते जित' पुस्तकको लोकार्पण सम्पन्न


ग्लोबल पाना
सोमबार, मंसिर ३ २०८१
  • 369
    SHARES

  • images
    'मनलाई जिते जित' पुस्तकको लोकार्पण सम्पन्न

    काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित जैन भवनको आचार्य श्री महाश्रमण सभाकक्षमा एक विशेष समारोह बीच मनलाई जिते जितु पुस्तकको लोकार्पण सम्पन्न भयो । ग्रन्थकार आचार्य श्री महाप्रज्ञको धर्म परम्पराका सन्त तथा पे्रक्षा ध्यान साधक मुनि श्री रमेश कुमार जी, पुस्तकका प्रकाशक श्री शेखर गोल्छा, गोल्छा परिवारका जेष्ठ व्यक्तित्व तथा भगवान महावीर जैन निकेतनका अध्यक्ष श्री लोकमान्य गोल्छा, बागमती प्रदेशका सामाजिक मामिला मन्त्री हरिप्रभा खड्गी, जोन्टा क्वलकी पूर्व अध्यक्ष सीमा गोल्छा, जितो नेपालका अध्यक्ष कमल कुमार बेगानी, श्री जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष श्री शुभागमल जम्मड, नेपाल स्तरीय जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष श्री दिनेशकुमार नौलखा, जैन श्वेताम्बर तेरापन्थी महिला मण्डलका अध्यक्ष श्रीमती निशा जैन, तेरापन्थ युवक परिषद्का अध्यक्ष श्री सन्दीप भटेरा, नेपाल जैन परिषद्का अध्यक्ष श्री बिमल राखेचा, श्री आदिनाथ दिगम्बर जैन श्वेताम्बर मूर्तिपूजक समाजका अध्यक्ष श्री सुभाष जैन समेतले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गर्नु भएको थियो ।

    images
    images
    images

    लोकार्पण समारोहलाई स्वागत मन्तव्य दिंदै 'मनलाई जिते जित' पुस्तकका प्रकाशक श्री शेखर गोल्छालेभन्नुभयो, 'मनलाई जिते जित' एक आध्यात्मिक ग्रन्थ हो। यस ग्रन्थका प्रवचनकार अध्यात्म दर्शनका विशिष्ट विद्वान, महान दार्शनिक, ध्यानयोगी, लेखक र विचारक तेरापन्थ धर्म संघका महान आचार्य हुनुहन्थ्यो ।

    ’मनलाई जिते जित’ मा आचार्य श्रीद्वारा ध्यान शिविरमा सहभागी साधक साधिकाहरूको लागि दिईएका प्रवचनहरु समावेश छन्। महाप्राज्ञजीले आफ्नो जीवन यात्रामा सयौं यस्ता अध्यात्म ग्रन्थहरूको निर्माण गर्नुभएको छ, जुन कुनै धर्म विशेषका व्यक्तिहरूको लागि नभई सार्वभौम छन् । प्रत्येक विचारशील व्यक्तिका लागि सुपाच्य, सरल र सजिलो भाषामा प्रचुर मात्रामा यस्तो पठनीय सामग्रीको प्रस्तुति यी पुस्तकहरूमा गर्नुभएको छ । ’मनलाई जिते जित’ उहाँका पुस्तक श्रृङ्खलामध्येको अग्रज ग्रन्थ हो । उहाँका अद्भूत प्रवचनहरूको सङ्गालोको रूपमा यी पुस्तकहरूको सम्पादन सुविज्ञ मुनिहरूद्वारा गरिएको हो। हिन्दी भाषा लगायतमा भाषामा यो ग्रन्थको २०औँसंस्करण प्रकाशित भइसकेका छन्।

    यस ग्रन्थका नेपाली भाषाका सम्पादक मेरा पूज्य बुबा शासनसेवी, समाजरत्न श्री हुलासचन्द गोल्छा हुनुहुन्थो । उहाँ देव गुरू, धर्म संघ, धर्म आचार्य, साधु साध्वी अत्यन्त श्रध्दानिष्ठ तथा समर्पित हुनुहुन्थ्यो । यति मात्र हैन उहाँ दैनिक सामायिक र प्रेक्षा ध्यानको साधक पनि हुनुहन्थ्यो। मेरो पुस्ता साथै युवा पुस्तालाई पनि यस ग्रन्थको अध्ययनबाट तनावबाट मुक्ति तथा आनन्ददायक अनुभव हुने मैले ठानेको छु ।

    यसको प्रकाशनमा मेरा पूज्य बुबाको विरासतलाई सम्मान, मेरो मनको उहाँप्रतिको अहोभाव, आदरभाव अभिव्यक्त गर्नु पनि यस प्रकाशन पछाडिको मुख्य भाव हो । अध्यात्ममय जीवन बाँच्नुभएका मेरा पूज्य बुबा स्वर्गीय श्री हुलासचन्द गोल्छाज्यूमा अनन्य श्रद्धाभावका साथ ’मनलाई जिते जित’ समर्पण गर्दछु।

    साथै मुनि श्री रमेश कुमार जीले 'मनलाई जिते जित' लोकार्पणको कार्यक्रममा बोल्दै भन्नुभयो, 'मनलाई जिते जित' का लेखक आचार्य श्री महाप्रज्ञजी जैन श्वेताम्बर तेरापन्थ धर्मका दशौं आचार्य थिए । आचार्य महाप्रज्ञ जी एक संत, योगी, अध्यात्मवादी, दार्शनिक, लेखक, वक्ता र कवि थिए । प्रेक्षाध्यान विधिका प्रवर्तक आचार्य महाप्रज्ञ अति बुद्धिमान आचार्य थिए । आचार्य महाप्रज्ञले प्रेक्षाध्यानको रूपमा ध्यानको एक अद्वितीय वैज्ञानिक विधिको विकास गरिएको विशद् व्याख्या यसमा छ । यस ध्यान विधिबाट सयौं मानिसले मानसिक विकारहरू हटाएर आध्यात्मिक ऊर्जा र शान्ति प्राप्त गरेका छन्।

    'मनलाई जिते जित' पुस्तकको सम्बन्धमा मुनि श्री रमेश कुमार जीले भन्नुभयो, 'मन जित्न धेरै सजिलो छ, तर जति सजिलो छ, त्यति नै गाह्रो छ । यो सजिलो छ किनभने मन हाम्रो भित्री चेतनाको नम्र र आज्ञाकारी कार्यकर्ता हो । यसलाई जित्न गाह्रो हुन्छ जब हामीले यसलाई परम चेतनाको रूपमा स्वीकार गर्छौं । यसमा मनको कुनै दोष छैन । यो हाम्रो आफ्नै अज्ञानताको परिणाम हो। हामीले मनलाई जित्ने अभियान सुरु गर्नु अघि हाम्रो अज्ञानताको अन्धकारलाई हटाएर भ्रमको पर्दा हटाउनुपर्छ ।

    उक्त पुस्तक लोकार्पण समारोहको सञ्चालन डा. श्री नमन उपाध्यायले गर्नुभएको थियो । साथै उक्त समारोहमा श्री जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष श्री शुभागमल जम्मड तथा श्री जैन श्वेताम्बर तेरापन्थ सभाका सल्लाहकार श्री रणजित सिंह भन्सालीले मन्नव्य व्यक्त गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ