Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दरबारमार्गमा ६ अर्ब लगानीमा होटल बन्ने, मीनबहादुर गुरुङले गरे शिलान्यास


ग्लोबल पाना
सोमबार, मंसिर ३ २०८१
  • 317
    SHARES

  • images
    दरबारमार्गमा ६ अर्ब लगानीमा होटल बन्ने, मीनबहादुर गुरुङले गरे शिलान्यास

    काठमाडौं । काठमाडौंको दरबारमार्गका बन्ने अन्नपूणर् स्क्वायर होटलको ​शिलान्यास गरिएको छ। व्यवसायी मीनबहादुर गुरुङले सोमबार उक्त होटलको शिलान्यास गरेका हुन्। शिलान्यासमा कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठलगायत सहभागी थिए।

    images
    images
    images

    भाटभटेनी समूह र लिटिल एन्जल्स समूहले करिब ६ महिना अघि किनेको अन्नपूणर् होटलमा नै नयाँ होटल निर्माण गर्न लागेका हुन्। यस होटलको लागत करिब ६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। २०८५ देखि बैशाख १ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ।

    होटल सञ्चलानका लागि डेढ महिना अघि नै भारतीय होटल व्यवस्थापन कम्पनी आइटीसी वेलकमसँग सम्झौता भइसकेको छ।

    होटलमा ३५० कोठा र ४० कोठा अपार्टमेन्टसहित होटल परिसरमा रहने बिजनेस कम्प्लेक्समा भाटभटेनीदेखि विभिन्न ब्रान्डेड शपिङ मल रहनेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ