Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स


ग्लोबल पाना
बिहीबार , मंसिर ६ २०८१
  • 286
    SHARES

  • images
    अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स

    काठमाडौं। जिकर एक्स, प्रिमियम कम्प्याक्ट एसयुभि (क्ग्ख्) हो जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ। सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स, नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि जिकर एक्स एक उत्कृष्ट एसयुभि हो।

    images
    images
    images

    सरल आधुनिक डिजाइनमा आकर्षक डिजाइज(डिटेलसहित यो गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ पनि निकै आकर्षक देखिन्छ। गाडीको डिजाइन ‘गोल्डेन रेसियो’ मा आधारित छ जुन विभिन्न चित्रकला, वास्तुकला, तथा प्रोडक्ट डिजाइनहरूमा प्रयोग हुनुका साथै अहिलेसम्म पनि उत्कृष्ट गाडीको डिजाइनहरूमा प्रयोग गरिन्छ।

    २७५० मिलिमिटरको ह्विलबेसमा ४४३२ मिलिमिटर लामो र १५६६ मिलिमिटर अग्लो उभिएको जिकर एक्स व्यस्त सहरी सडकका लागि उत्कृष्ट आकार वा साइजको रहेको छ। टाढाबाट हेर्दा गाडीको आकर्षक डिजाइनले र आँखा लोभ्याउँछ भने नजिकबाट नियाल्दा झनै आकर्षक डिजाइन डिटेलहरू देख्न सकिन्छ। जस्तै, गाडीको ढोकाहरू ‘फ्रेमलेस’ डिजाइन प्रयोग भएकोले सरल, आकर्षक र आधुनिक देखिन्छ।

    त्यसैगरी, यसको ‘विन्डो सिलिङ स्ट्रिप्स’ पनि आधुनिकता र सरलतालाई निरन्तरता दिँदै डिजाइन गरिएको कारण झ्यालको ‘सिट मेटल’को भाग र ‘ग्लास’ को भाग नछुट्टिकन एकरूपताका साथ जोडिएको देखिन्छ। जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम(आयोन ब्याट्री रहेको छ जसले उत्कृष्ट इनर्जि डेन्सिटि र लामो समयसम्म स्थायित्वका लागि ‘सिएटिएल’ कम्पनिको ‘एनएमसि सेल’ प्रयोग गर्दछ। गाडीको ‘लङ रेन्ज’ मोडलको रियर एक्जिलमा २०० किलोवाट९२७२ हर्सपावर) र ३४३ न्युटनमिटरको इलेक्ट्रिक मोटरसहित ‘थर्ड जेनेसेन’ सिलिकन(कार्बाइड इन्भर्टर प्रविधि रहेको छ।

    जसले गर्दा उक्त मोडल, मात्र ५.६ सेकेन्डमा ० बाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ। जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको एचडि टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडि इन्स्ट्रुमेन्ट प्यानल सहित २४.३ इन्चको ‘अगमेन्टेड रियालिटि हेड-हप डिस्प्ले’ समावेश रहेको छ। अगमेन्टेड रियालिटि हेड(अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिन (अगाडिको सिसा) मा नै ग्राफिक्स प्रोजेक्ट हुन्छ।

    यसबाट सुरक्षित ड्राइभिङका लागि गाडीको गति लगायत विभिन्न सूचना, ‘एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडीको अबजेक्ट भ्युमा नै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड हुन्छ। जिकर ००१ जस्तै सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एस इ ए) मा निर्मित जिकर एक्सले उत्कृष्ट मिश्रणको मटेरियल प्रयोग गर्दछ जसमध्ये ७३५ ‘हाइ स्ट्रेन्थ स्टिल’को प्रयोग भएको छ।

    यसले गाडीको तौल घटाउँदै उच्चतम स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ। पायोनियर मोटो कर्प, देशभरी रहेका ईभी पारखी, गाडी चालक तथा खरिदकर्ता र आदरणीय ग्राहक महानुभावहरूलाई जिकर एक्सको आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र व्यावहारिक उपयोगिताको एकसाथ प्रयोग भएको एक परिष्कृत ‘अल इलेक्ट्रिक अर्बान एसयुभि - जिकर एक्स’को अनुभव गर्न आमन्त्रित गर्दछ। पायोनियर मोटो कर्प प्रा।लि।, नेपालमा अग्रणी अटोमोबाइल वितरक हो। शारडा ग्रुपको सहायक (सिस्टर कन्सर्न) कम्पनी रहेको पायोनियर मोटो कर्प, नेपालमा जिकर (श्भभपच) तथा निसानको लागि आधिकारिक वितरक हो। थप जानकारीका लागि जतउउकः//शभभपच-लभउब/ि मा सम्पर्क गर्नुहोस्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ