Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न


ग्लोबल पाना
सोमबार, मंसिर १७ २०८१
  • 317
    SHARES

  • images
    छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न

    काठमाडौं । संस्कृति इन्टरनेसनल स्कूलको छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न भएकोछ । यही मंसिर १२ गतेदेखि १४ गतेसम्म संस्कृति स्कुल परिसरमा आयोजना भएको उक्त ३ दिनेकार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र समस्याको समाधानमा आधारित छलफलमा सहभागी गराएर विद्यार्थीहरूमा नेतृत्वदायी क्षमता र कूटनीतिक सोच विकास गराउनु कार्यक्रमको उद्देश्य रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा काठमाडौं उपत्यकाका विद्यालयहरूसँगै बिर्तामोड, विराटनगर, पोखरा लगायतका विभिन्न सहरका १९ विद्यालयका ४०० विद्यार्थीहरू सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूले संयुक्त राष्ट्र संघका विभिन्न देशका प्रतिनिधिहरूको भूमिका निर्वाह गर्दै जलवायु परिवर्तन, शान्ति स्थापना, मानव अधिकार र शिक्षा जस्ता महत्वपूणर् र जटिल मुद्दाहरूमा समेत छलफल गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापाले भन्नुभयो, “संयुक्त राष्ट्र संघले विशेष गरी बालबालिका र महिलाको अधिकारको स्थापनामा महत्वपूणर् भूमिका खेल्दै आएकोछ । हामी नागरिकहरू पनि ती अधिकारहरूप्रति जिम्मेवार बन्न आवश्यक छ । नेपालको १९ भन्दा बढी विद्यालयका ४०० प्रतिनिधिहरूलाई एउटै स्थानमा सहभागिता जनाउँदै गरेको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ । यो संस्कृति स्कुलले गरेको एक प्रभावशाली प्रयास हो।”

    संस्कृति इन्टरनेसनल स्कुलकी फाउन्डर डाइरेक्टर दीप्ति आचार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “छैटौँ संस्कृति एमयुएनले विद्यार्थीहरूलाई नेतृत्व विकास, सहकार्य, र समस्याको समाधानका लागि सोच्न प्रेरणा दिएको छ । यो कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा छलफल गर्ने क्षमता विकासमा विशेष टेवा प्रदान गरेको छ । यस कार्यक्रममा विद्यार्थीहरूको उत्साह देखेर हामी निकै नै प्रोत्साहित भएका छौँ ।”

    त्यसैगरी युनिसेफ नेपालका प्रतिनिधि युनिसेफ प्रतिनिधि चाहना सिंह राणाले उक्त कार्यक्रमका बारेमा आफ्नो विचार राख्दै भन्नुभयो, “यस कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरूको जोश र ऊर्जा देख्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। हामीलाई विश्वास छ कि यस सम्मेलनका सहभागीहरुले केवल संयुक्त राष्ट्र संघका बारेमा मात्र नभई आफ्नो अभिव्यक्तिको स्वतन्त्रताको अधिकारलाई व्यवहारमा उतार्नेशैलीबारेपनि जानकारी प्राप्त गर्नुभएको छ ।” उक्त कार्यक्रमको मुख्य उद्देश्य युवा पुस्तामा समस्याको समाधान खोज्ने क्षमता विकास गर्नु र जिम्मेवार नागरिकका रूपमा उनीहरुलाई तयार गर्नु रहेको थियो । यसले विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका समसामयिक चुनौतीहरूप्रति सचेत बनाउनुका साथै सहकार्य, तर्कसंगत सोच र संवादको विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको थियो।

    त्यस्तै संस्कृति मोडल युनाइटेड नेसनले सहभागी विद्यार्थीहरूलाई भविष्यमा नेतृत्वदायी भूमिकामा उभिनका लागि आधारभूत ज्ञान र सीपको विकास हुने विश्वास गरिएको बताएको थियो । साथै यो कार्यक्रमले विविध पृष्ठभूमिका प्रतिभावान युवाहरूलाई एकै स्थानमा ल्याएर सहकार्य र समझदारीको उदाहरण प्रस्तुत गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ