Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्राईभेट र पब्लिक क्षेत्रको उत्पादकत्व बढाउने उद्देश्यसहित राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर


ग्लोबल पाना
शुक्रबार, मंसिर २१ २०८१
  • 366
    SHARES

  • images
    प्राईभेट र पब्लिक क्षेत्रको उत्पादकत्व बढाउने उद्देश्यसहित राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

    [अग्रणी मेसेजिङ एप भाइबरले कम्युनिटीमा केन्द्रित छलफलहरूका साथ कम्युनिकेसन् बढाउन कमेन्ट फिचरको सुविधा पनि सुरु गरेको छ]

    काठमाडौं । कामका क्रममा एक भन्दा बढी कार्यहरूमा संग्लग्न हुँदै गर्दा कुशल र उत्पादनशिल हुनका लागि नयाँ तरिकाहरू खोज्नु सधैं महत्त्वपूर्ण हुन्छ। एक सुपर एपको रूपमा प्रयोगकर्ताको अनुभव बृद्धि गर्न निरन्तर प्रतिबद्ध राकुटेन भाइबरले आफ्नो लोकप्रिय सुविधा कम्युनिटीजको नवीनतम अपडेटको रूपमा कमेन्टहरूको सुविधा प्रस्तुत गरेको छ। राकुटेन भाइबरको यो सुविधा कनभर्सेसन्हरूलाई थप व्यवस्थित र आकर्षक बनाई प्रयोगकर्ताहरूको कम्युनिटीलाई थप सशक्त बनाउन डिजाइन गरिएको हो।

    images
    images
    images

    नयाँ अपडेटले आफ्नो टिमसँग धेरै विषयहरूमा डिसकस् गर्ने स्ट्रिमलाइनहरू उपलब्ध हुनेछ भने सदस्यहरूले विशेष मेसेजहरूको टिप्पणी खण्डमा सीधा जवाफ दिन सक्नेछन्। यसले कम्युनिटीलाई आफ्नो समग्र प्रवाहमा बाधा नपर्ने गरी केन्द्रित डिसकस्मा संलग्न रहन सघाउँछ। सुपरएडमिन र एडमिनहरूले यसलाई पूर्वनिर्धारित रूपमा सबै मेसेजहरूका लागि कमेन्ट उपलब्ध गराएर वा छानिएका विशेष मेसेजहरूमा यसलाई असक्षम पारेर पनि आफ्नो कम्युनिटी इन्फो ट्याबमा सजिलैसँग यो सुविधा एक्टिभ गर्न सक्छन्।

    राकुटेन भाइबरको लामो समयदेखिको सुविधा कम्युनिटीज अब नियमित ग्रुप च्याट अनुभव भन्दा माथिल्लो स्तरको हुनेछ। यसले च्याट हिस्ट्री र पहिले साझा गरिएको मिडियालाई सजिलै पहुँचयोग्य बनाउने अद्वितीय विशेषताहरूसँगै सहज सहयोग र समावेशी अन्तरक्रियाहरूलाई सघाउँछ। कनभर्सेसन् अन्य विषयहरूमा सरेको बेला पनि च्याट हिस्ट्रीलाई नयाँ सदस्यहरू सहित सबैले केवल ब्याक अप स्क्रोल गरेरै पहुँच गर्न सक्छन्। र कम्युनिटि भित्र साझा गरिएका मिडिया र फाइलहरूमा पूर्ण पहुँच हुने हुँदा कसैले पनि महत्त्वपूर्ण अपडेट वा मूल्यवान कन्टेनटहरू गुमाउँदैनन्।

    “कम्युनिटीहरूको स्तरवृद्धि भनेको मानिसहरूले कम्युनिकेट गर्ने तरिकामा सुधार गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। हामीले हाम्रा प्रयोगकर्ताहरूलाई कमेन्ट गर्ने सुविधा थपेर उनीहरूको कनभर्सेसन्मा थप नियन्त्रण र नयाँ संरचना दिइरहेका छौं जसले राकुटेन भाइबरलाई विद्यालय, व्यवसाय र सरकारी संस्था जस्ता ठूला कम्युनिटिहरूका लागि अझ राम्रो प्लेटफर्म बनाउँदैछौं,” राकुटेन भाइबरमा एपाक का डाईरेकटर डेविड चेले भन्नुभयो।

    यस सुविधाको स्तरवृद्धि बाहेक राकुटेन भाइबरले आफ्नो विश्वव्यापी र स्थानीय कम्युनिटिहरूलाई सुरक्षित र पहुँचयोग्य प्लेटफर्म प्रदान गर्न जारी राखेको छ। चाहे साना रूचि मिल्नेहरूको ग्रुपहरूलाई सँगै ल्याउने होस् वा आवश्यक सरकारी कम्युनिकेसन्हरूलाई सहज बनाउन होस्, राकुटेन भाइबरले कनभर्सेसन्हरू व्यवस्थापन गर्न सजिलो र सबैका लागि सुरक्षित हुने कुराको सुनिश्चितता प्रदान गर्दछ। व्यक्तिगत, व्यावसायिक वा सार्वजनिक क्षेत्र-सम्बन्धित हरेक पक्षमा सम्पर्कहरू बढाउनमा केन्द्रित रहन्छ। यी नयाँ सुविधाहरू अनुभव गर्न र नेपालमा राकुटेन भाइबरको बढ्दो कम्युनिटिको एक हिस्सा बन्न यो पृष्ठ भ्रमण
    गर्नुहोस्।

    राकुटेन भाइबरको बारेमा

    राकुटेन भाइबर संसारमा सबैभन्दा भरपर्दो र डाउनलोड गरिएका एपहरूमध्ये एक हो। हामी मानिसहरूलाई सुरक्षित रूपमा सँगै ल्याएर अर्थपूर्ण सम्पर्कहरू सिर्जना गर्छौं ताकि उनीहरूले आफ्नो परिवार र साथीहरूसँग बहुमूल्य पलहरूको आनन्द लिन सकून्, आफ्ना बिजनेस रिलेशन प्रबन्ध गर्न वा आफ्ना रूचिहरूलाई एकै ठाउँमा बसेर पछ्याउन सकून्। एक सुपर एपको रूपमा हामी हाम्रा प्रयोगकर्ताहरूलाई उनीहरूको दैनिक आवश्यकताहरूको प्रत्येक पक्षलाई समेट्ने र उनीहरूको जीवनलाई सजिलो बनाउने सेवाहरू दिन्छौं। राकुटेन भाइबर ई-कमर्स, फिनटेक, डिजिटल कन्टेनट र कम्युनिकेसन् सेवाहरूमा विश्वव्यापी टेक्नोलोजीको अग्रणी राकुटेन ग्रुप आईएनसीको एक हिस्सा हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ