Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल


ग्लोबल पाना
आइतबार, मंसिर २३ २०८१
  • 459
    SHARES

  • images
    सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल

    काठमाडौँ, २३ मङ्सिर । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल चयन हुनुभएको छ । सङ्घको शनिबार साँझ सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

    images
    images
    images

    नवनिर्वाचित अध्यक्ष धरेल सोफा हवका सञ्चालक हुनुहुन्छ । यस्तै, सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दिपेन्द्र धरेल र कोषाध्यक्षमा महेशराज थापा चयन हुनुभएको छ । यस्तै, सदस्यमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्थ, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै हुनुभएको छ ।

    विस २०७९ सालमा स्थापना भएको उक्त संङ्घमा हाल चार दर्जनभन्दा बढी सोफा उत्पादक कम्पनी आवद्ध छन् । नेपालमा विस २०३६ सालदेखि सोफा उत्पादन सुरु गरिएपनि हालसम्म पनि विदेशबाट आयत गरिएको सोफा विभिन्न कार्यालयमा प्रयोग हुँदै आएका छन् ।

    हाल काठमाडौँ उपत्यकाभित्र १०० र देशभर दुईसय भन्दा बढी सोफा कम्पनी रहेका छन् भने १० हजारभन्दा बढी व्यक्तिले प्रतक्ष्य रोजगारी पाएको संघले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ