Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मोटरसाइकल डल्लबमा ठोक्किँदा ४० वर्षीय युवकको मृत्यु


ग्लोबल पाना
बुधबार, मंसिर २६ २०८१
  • 330
    SHARES

  • images
    मोटरसाइकल डल्लबमा ठोक्किँदा ४० वर्षीय युवकको मृत्यु

    धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल डल्लबमा ठोक्किँदा मंगलबार एक युवकको ज्यान गएको छ। धनगढी उपमहानगरपालिका-१८ डिपो बजारमा धनगढीबाट फुलबारीतर्फ जाँदै गरेको मोटरसाइकल चालक कैलारी गाउँपालिका-३ हसुलिया बस्ने अन्दाजी ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको हो।

    images
    images
    images

    चौधरीले चलाएको सुदूरपश्चिम ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिका-१४ बि गाउँ बस्ने अन्दाजी ३५ वर्षीय सन्तोष सार्कीले चलाएको डल्लबमा पछाडीबाट ठोक्किँएको थियो।

    दुर्घटनामा घाइते मोटरसाइकल चालक चौधरीको उपचारकै क्राममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। मोटरसाइकल, डल्लब र डल्लब चालक सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ