Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक घोषणा


ग्लोबल पाना
बुधबार, मंसिर २६ २०८१
  • 290
    SHARES

  • images
    हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक घोषणा

    काठमाडौं। नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ। हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। बहुप्रतिक्षित यी दुवै नयाँ बाइकहरु मंसिर २६ मा गोकणर् फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ।

    images
    images
    images

    नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू, र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो। सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुई पाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ।

    एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू 

    सिंगल च्यानल एबीएसः सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि।

    श्रेणीकै सर्वाधिक तीव्र : सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी।

    फराकिलो रियर टायरः सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको ब्यवस्था। एलईडी हेडलाइट्सः सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नवप्रवर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा।

    ब्लूटूथ कनेक्टिविटी : चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा। एक्स्ट्रिम १६०का मुख्य विशेषताः श्रेणीकै सर्वाधिक गति क्षमताः तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित व्यवस्था गरिएको छ।

    केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शन : प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको व्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ।

    ब्लूटूथ कनेक्टिविटी : चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा।

    सार्वजनिकको तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन, र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ। शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ