Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ड्राइभिङ द फ्युचर: १ महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार


ग्लोबल पाना
शुक्रबार, मंसिर २८ २०८१
  • 280
    SHARES

  • images
    ड्राइभिङ द फ्युचर: १ महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

    काठमाडौं ।  नामीले, बिग ह्याच विथ फाइभ-स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपाल पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरेको थियो। कारहरू लन्च गर्ने तरिकालाई पुन:परिभाषित गर्दै यो अनौठो डेब्यू एक स्टाइलिश र आधुनिक उदाहरण बन्यो जसलाई दर्शकहरूले पनि रुचाएका थिए ।

    images
    images
    images

    फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपीललाई दर्शाएको थियो। उत्साह यतिमा मात्र रोकिएन। नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटा भन्दा बढी बुकिङहरू प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो। फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ ए.डी.ए.एस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ।

    विभिन्न रङका विकल्पहरूको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्शक विकल्प बनाएको छ। सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकहरूमा उत्साह ल्याउन क्षेत्रीय लन्चहरूको शृङ्खला नै सञ्चालन गर्यो। यी प्रयासहरूको सफलता नेपालको सडकहरूमा स्पष्ट देख्न सकिन्छ। नेपालको सडकमा गुडिरहेका ३०० नामी कारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गर्दछन्।

    एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड श्री प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गर्दै भने, “नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोनहरु हासिल गरेको छ। फेसन शो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकहरु माझ साँच्चै नै उल्लेखनीय बनेको छ। आज नेपालको सडकमा ३०० नामी कारहरू देखिनु हाम्रा ग्राहकहरूको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण हो।” नामीको सफलताको कथा आधुनिक सोच र ग्राहक केन्द्रित इनोभेसनको प्रमाण हो। ईभीको संसारमा यो प्रगति र लक्जरीको प्रतीक बनिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ