Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो सिजनको फेशन शो सम्पन्न


ग्लोबल पाना
आइतबार, मंसिर ३० २०८१
  • 299
    SHARES

  • images
    ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो सिजनको फेशन शो सम्पन्न

    काठमाडौँ । प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो सिजनको फेशन शो सम्पन्न भएको छ । शनिबार साँझ काठमाडौँमा आयोजित समारोहबिच नेपाली चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठित कलाकारहरूको सहभागीतामा शो सम्पन्न भएको हो । विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन शोमा ८ जना डिजाइनले तयार पारेको पोशाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए ।

    images
    images
    images

    प्रारम्भ प्रडक्सनका प्रमुख प्रकाश आचार्यले, नेपालमा फेसन शोको वृद्धि विकासका र कलाकारको प्रस्तुतिलाई अगाडि बढाउन फेसन शो आयोजना गरिएको बताए उनले, नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन शोले आगामी दिनमा इन्डट्रिलाई अगाडि बढाउन मद्दत पुग्ने बताए । फेसन शोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरू प्रस्तुत भएका थिए ।

    जसमा, अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरूना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल २०२२ को विजेता सोफिया भुजेल, अभिनेता प्रदिप खड्का, र्‍यापर साकार लगायतका कलाकारले प्रस्तुति दिएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ