Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम


ग्लोबल पाना
सोमबार, पुस १ २०८१
  • 272
    SHARES

  • images
    नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

    काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन सेलिब्रेटीहरूले भरिएको एक कार्यक्रमको आयोजना गर्‍यो। विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक आफ्ना प्रयोगकर्ताहरूलाई सशक्त बनाउन समर्पित मनोरञ्जन प्लेटफर्म हो।

    images
    images
    images

    नयाँ र विविधतायुक्त समुदायको लागि प्रशंसित टिकटक लोकप्रिय हुनुको अर्को कारक भनेको प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा यसको जोडदार फोकस हो। नेपालमा #SaferTogether अभियान यस प्लेटफर्मको लागि उक्त दिशामा अर्को सकारात्मक कदम हो। कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर (माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत नेपालका चर्चित कन्टेन्ट क्रियटर सहितको प्यानल छलफल प्रस्तुत गरिएको थियो।

    नेपालका क्रियटर कम्युनिटी र पत्रकारहरू सम्मिलित फुल-हाउस दर्शकहरूलाई सम्बोधन गर्दै प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरे। उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो।

    प्रश्न-उत्तर सत्रको क्रममा दर्शकहरूले क्रियटरहरूसँग अन्तरक्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीहरूमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरे। यो अभियान टिकटकको जीवन्त र विविधतायुक्त कम्युनिटीहरूका लागि सुरक्षित र स्वागतयोग्य प्लेटफर्म निर्माण गर्ने लक्ष्यको एक हिस्सा हो। #SaferTogether पहल मार्फत् टिकटकले प्रयोगकर्ताहरूले प्लेटफर्ममा उपलब्ध विभिन्न इन-एप सुरक्षा सुविधाहरूको फाइदा कसरी लिन सक्छन् भन्ने बारे जागरूकता सिर्जना गर्ने लक्ष्य राखेको छ। प्रयोगकर्ताहरूको सुरक्षा टिकटकको शीर्ष प्राथमिकतामा रहेको छ।

    प्लेटफर्मले सेफ्टी सेन्टर भनिने सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गर्दछ जसले प्लेटफर्ममा सुरक्षा र यसलाई निरन्तर बढावा दिन टिकटकले लागू गर्ने सबै कार्यहरू सम्बन्धि नवीनतम जानकारीहरू प्रदान गर्दछ। सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकहरूका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने बारेका स्रोतहरू र पूर्ण गोपनीयता गाइड सहित टिकटकका सुरक्षा सुविधा र उपायहरूबारे सबै टुल्स र सुझावहरू पनि समावेश गर्दछ।

    यसबाहेक, सेफ्टी सेन्टरलाई अनुकुल राख्न यसका प्रयोगकर्ताहरूका लागि तयार दिशानिर्देशहरू नियमित रूपमा अद्यावधिक पनि गरिन्छ। टिकटकसँग अनुपयुक्त सामग्री र व्यवहारलाई मध्यस्थता गर्न सामुदायिक दिशानिर्देशहरूको बलियो सेट रहेको छ। सामुदायिक दिशानिर्देशनहरू उल्लङ्घन गर्ने कुनै पनि सामग्री वा अन्य प्रयोगकर्ताहरू विरुद्ध हिंसालाई उक्साउने हानिकारक सामग्रीको लागि शून्य सहनशीलताका साथ टिकटकले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न कुनै कसर बाँकी राख्दैन।

    सेफ्टी एम्बेसडर कार्यक्रमले नेपालमा डिजिटल सुरक्षाको लागि टिकटकको प्रतिबद्धतालाई सुदृढ बनाउँछ किनभने यस प्लेटफर्मले प्रयोगकर्ताहरूको अनलाइन र अफलाइन सुरक्षाका लागि निरन्तर लडिरहेको छ। यो अभियान प्रयोगकर्ताहरूलाई सुरक्षा, गलत सूचना र प्रामाणिक सामग्रीको शक्तिको बारेमा शिक्षित गर्ने टिकटकको सक्रिय प्रयासहरूको एक उदाहरण पनि हो। टिकटकको बारेमा टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र आनन्द ल्याउनु हो।

    टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो लगायतका शहरहरूमा विश्वव्यापी कार्यालयहरू छन्। www.tiktok.com

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ