Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोरी मिडियाद्वारा ‘राष्ट्रिय गौरव सम्मान प्रदान’, ३ जना पत्रकारलाई नगदसहित पुरस्कृत


ग्लोबल पाना
सोमबार, पुस १ २०८१
  • 360
    SHARES

  • images
    ग्लोरी मिडियाद्वारा ‘राष्ट्रिय गौरव सम्मान प्रदान’, ३ जना पत्रकारलाई नगदसहित पुरस्कृत

    काठमाडौं । ग्लोरी मिडियाले देशका विभिन्न क्षेत्रबाट राष्ट्रिय योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरुलाई ‘राष्ट्रिय गौरव सम्मान’ प्रदान गरेको छ। नेपाल टेलिभिजनमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले, सो कार्यक्रम १५ बर्ष पुराभएको अवसरमा कार्यक्रमलाई बाल सहभागीतामुलक बनाउन कार्यक्रम प्रस्तोता छनौटका लागि राष्ट्रिय नाचघरमा आईतबार आयोजित ग्लोरी टिन एण्ड किडस ट्यालेण्ट प्रतियोगिताको अवसरमा उक्त सम्मान समर्पण कार्यक्रम आयोजनामा आएको हो ।

    images
    images
    images

    कार्यक्रम समारोह माझ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठ, बरिष्ठ बाल रोग विशेषज्ञ डा हरिकृष्ण बास्कोटा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, पारा ओलम्पिककी एेतिहसिक पदक विजेता पलेशा गोवद्र्धन, नेपालको पहिलो हरित विद्यलय बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्र बिक्रम थापालाई सम्मानित गरियो ।

    त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रजेश कुमार झा लेखक एवम साहित्यकार अनिश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष अध्यक्ष प्रल्हाद दाहाल, लेखक एवम सर्जक शिव न्यौपाने, शिक्षासेवी, धर्मसेवी एवम समाजसेवी भिक्षु राजु लामा कोन्दन, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, एनप्याब्सनका महासचिव तथा बाल साहित्यकार पारसमणी दाहाल, शिक्षासेवी अशोक सुन्दर श्रेष्ठ, मानव अधिकारकर्मी एवम समाजसेवी दिपक चन्द्र गौतम, नेपाल चेम्बर अफ कमर्सकी केन्द्रिय सदस्य एवम् नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् बरिष्ठ सौन्दर्यविद सुष्मा महरा शाह, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी, युएईका प्रबन्ध निर्देशक नानुकाजी अर्याल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, स्वतः ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक एवम् ग्लोकल वर्कफोर्सका अध्यक्ष अजय कुमार श्रेष्ठ, एभेण्टोज नेपालका सिईओ डेभिल सिंह राजपुत र इभेन्ट स्टेज व्यवस्थापक तथा डिजिटल डिस्प्ले अपरेटर रमेश श्रेष्ठ र नवप्रभात डेरी उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईं काजी दाईलाई राष्ट्रिय गौरव सम्मान समर्पण गरिएको छ ।

    त्यस्तै पत्रकारितातर्फ गोरखापत्र दैनिकका सुकृत नेपाल १० हजार रुपैयाँ र नेपाल टेलिभिजनका क्यामेरामेन अशोक कुमार बस्नेत एवम् द राइजिङ्ग नेपालकी रेनुका ढकाल नगद ५ हजारराशीसहित राष्ट्रिय गौरव पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभयो ।

    कार्यक्रम समारोह माझ प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठले यस प्रकारको सम्मानले सबैलाई अझ सशक्त भएर अगाडि बढन थप प्रेरित गर्ने विश्वास आफुले लिएको धारणा राख्नुभयो । ‘यो सम्मान समर्पणले हाम्रो समाज र राष्ट्रको हित लागि प्रेरणा हुनेछ भन्ने विश्वास लिएको छु” उहाँले भन्नुभयो ।

    त्यस्तै उहाँले ग्लोरी किड्स एण्ड टिन ट्यालेन्टको प्रसंगमा यस्ता बाल प्रतियोगितात्मक कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन योगदान पुर्‍याउने बताउनुभयो। कार्यक्रममा आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले यस्ता प्रतियोगिताले बाल प्रतिभाको सम्मान गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने र भविष्यमा अझ बढी प्रतिभावान पुस्ता तयार गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ