Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माउण्टेन इनर्जी नेपालको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव


ग्लोबल पाना
मंगलबार, पुस २ २०८१
  • 241
    SHARES

  • images
    माउण्टेन इनर्जी नेपालको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

    काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ पुस २८ गते आम्रपाली ब्यान्क्वेटमा साधारणसभा बोलाएको हो । कम्पनीको साधारणसभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

    images
    images
    images

    साथै कम्पनीले  १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीका अनुसार १५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउंछ । सो चुक्ता पुँजी १:०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले गरेको हो । विद्युत नियमन आयोगको सहमति लिई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी बार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।

    कम्पनीले ६५ मेगावाटको  दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि  हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस संगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

    यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
    साधारण प्रस्तावहरुः
    १. एघारौं वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फवाट प्रस्तुत आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।

    २. यस कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।

    ३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ.व. २०८१/८२ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । ( वर्तमान लेखा परिक्षक पुनः नियुक्तीको लागि योग्य हुनुहुन्छ )

    ४. संचालक समितीले प्रस्ताब गरेको लाभांश स्वीकृत गर्ने सम्बन्धमा ।

    ५. संचालक समितिको निर्वाचन ( एक महिला ) गर्ने सम्वन्धमा ।

    विशेष प्रस्तावहरुः
    १. संचालक समितिले प्रस्ताब गरे बमोजिम आ.ब. २०८०।८१ को लागि चुक्ता पूंजीको १५% का दरले हुने रु.३३,९४,८४,६५८।- (तेतिस करोड चौरान्नब्बे लाख चौरासि हजार छ सय अन्ठाउन्न रुपैंया) बोनस शेयर बितरण गर्न र सोमा लाग्ने कर प्रयोजनको निमित्त ०.७८९५ % अर्थात रु.१,७८,६७,४१४ ।- (एक करोड अठहत्तर लाख सतसठ्ठी हजार चार सय चौध रुपैंया) नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) बितरण गर्न स्वीकृति प्रदान गर्ने सन्वन्धमा ।

    २. कम्पनीको चुक्ता पूंजी रू.२,२६,३२,३१,०५० (दुई अर्व छब्बिस करोड बत्तिस लाख एकतिस हजार पचास रूपैंया) मा प्रस्ताबित बोनस बितरण पश्चात कायम हुन आउने चुक्ता रू.२,६०,२७,१५,७०८ (दुई अर्व साठी करोड सत्ताईस लाख पन्ध्र हजार सात सय आठ रूपैंया) को १:०.५० अनुपातमा रू.१,३०,१३,५७,८५४ (एक अर्व तिस करोड तेह्र लाख सन्ताउन्न हजार आठ सय चउन्न रूपैंया) बराबरको १,३०,१३,५७८.५४ (एक करोड तिस लाख तेह्र हजार पाँच सय अठहत्तर दशमलब चउन्न कित्ता) हकप्रद शेयर जारी गर्ने सन्वन्धमा ।

    ३. कम्पनीको प्रवन्ध पत्रको दफा ६ ( ख र ग) संशोधन गर्ने सन्वन्धमा ।

    ४. कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने सन्वन्धमा ।

    ५. सम्वन्धित निकायवाट प्रवन्ध पत्र तथा नियमावलीमा सामान्य संशोधन गर्न माग भए अनुरुप आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सन्वन्धमा ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ