Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्ही’ यूएईमा धुमधामले मनाए


ग्लोबल पाना
मंगलबार, पुस २ २०८१
  • 213
    SHARES

  • images
    नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्ही’ यूएईमा धुमधामले मनाए

    यूएई। यूएईमा छरिएर रहेका नेवाःसमुदायले यो बर्ष पनि सांस्कृतिक,धार्मिक तथा मौलिक पर्ब ‘यःमरी पुन्हि’ यूएईको दुबईमा सामूहिक रूपमा बृहत कार्यक्रम गरी मनाएको छ। नेवाः पुचः यूएईको आयोजनामा भएको नेवाः परम्परामा यो विशेष पर्व प्रवासमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखेर मनाएको पुचःका अध्यक्ष बिरेन्द्र नकर्मिले बताए।

    images
    images
    images

    आइतबार १५ डिसेम्बरका दिन दिनको १२ः०० बजे देखि साँझ ४ः०० बजे सम्म बुर दुबई स्थित जबेल पार्कमा दर्जनौ नेवाःसमुदाय एबं अन्य संघ संस्था प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा यःमरी तथा समयबजी खादै मनोरंजनमा रम्दै मनाएको थियो। कार्यक्रममा नेवाःपुचःका अध्यक्ष नकर्मिका अनुसार कार्यक्रमका लागि यूएईका बिभिन्न राज्यहरुबाट उपस्थिति जनाएका थिए।

    ‘नेवारी समुदायले यूएईमा पनि आफ्नो संस्कृति,भाषा, परम्परा जोगाइ नेपालीपन र मौलिकता झल्काइरहन मद्दत पुग्नूका साथै योःमरी पुन्हिको महत्वका बारेमा प्रष्ठ पार्नु भएको थियो ।’

    यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट ‘यःमरी ‘खाने र मार्गशीर्ष शुक्ल पूणर्िमाका दिन मनाइने भएकाले यस पर्वको नाम ‘यःमरी पुन्ही’ रहन गएको पाइन्छ।नेपाल भाषामा ‘यः’भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्ने गर्छ।पुन्हिको अर्थ पूणर्िमा हो,धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूणर्िमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ ।

    नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ नयाँ धानको चामलको पीठो, चाकु,मुंगी, खुवा र तिलबाट यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यःमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो-सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गर्ने चलन छ।

    धार्मिक विश्वास अनुसार आजको दिन देखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा मान्ने गरिन्छ । परम्परा देखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र योःमरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको हुदा जाडोमा मास,तिल र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रूपमा यो पूणर्िमा मनाउने गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ