काठमाडौं । नेपालमा जनावरमाथि हुने दुर्व्यवहार र हिंसाका घटनाहरू चिन्ताजनक रूपमा बढिरहेका छन्। विभिन्न क्षेत्रमा जनावरहरूलाई अत्यधिक दुःख दिने, खानपान र स्वास्थ्य सेवामा उपेक्षा गर्ने, तथा सडकमा छाडा जनावरहरूको संख्या बढ्दै जानुले गम्भीर समस्या निम्त्याएको छ। सडकमा छाडा छोडीएका जनावरहरुले धेरै नै दुख पाइरहेका छन् । साथै जनावरहरु रोडमा हिडिरहदा सवारी साधनले हान्ने पो हो कि भन्ने पनि छ ।
सडकमा भएका जनावरहरूको अवस्था निकै नै चिन्ताजनक रहेको छ । शहरी क्षेत्रमा सडक कुकुरहरूको संख्या दिनदिनै बढिरहेको छ । सरकारले कहिलेकाहीँ सामूहिक रूपमा कुकुरहरूको खोप कार्यक्रम सञ्चालन गरेता पनि दीर्घकालीन समाधानका लागि उपयुक्त योजना ल्याउन आवश्यक छ ।
नेपाल सरकारले जनावरको हक अधिकार संरक्षणका लागि केही कानुन र नीति निर्माण गर्नुको साथै प्रभावकारी रुपमा कार्यान्वयन हुन अति नै आवश्यक रहेको छ । सरकार र नागरिक मिलेर जनावर माथिको हिंसा रोक्न सकिन्छ । यसका लागि नीतिगत सुधार र समाजको सकारात्मक भूमिका अनिवार्य छ। जनावरप्रतिको सम्मान र संवेदनशीलता समाजको सभ्यताको मापन गर्ने सूचक हो, जसप्रति सरकारले गम्भीर ध्यान दिनु पर्दछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


