Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राम के.ए.सी.को नाटक “यशस्वी भवः”को पुस्तक विमोचनका साथमा नियमित मञ्चन सुरू


ग्लोबल पाना
बिहीबार , पुस ४ २०८१
  • 467
    SHARES

  • images
    राम के.ए.सी.को नाटक “यशस्वी भवः”को पुस्तक विमोचनका साथमा नियमित मञ्चन सुरू

    काठमाडौं । काठमाडौंको थापागाउँस्थित शिल्पशाला कुञ्ज नाटकघरमा पुस ३ गतेदेखि रङ्गकर्र्मी एवं नाटककार राम के.ए.सी.को लेखन तथा निर्देशनमा तयार गरिएको नाटक 'यशस्वी भवः' मञ्चन हुने सुरू भएको छ । मञ्चनसँग आज यस नाटकको पुस्तक विमोचन पनि गरिएको छ ।

    images
    images
    images

    पुस्तक विमोचन नाट्यकर्मी महासंघका, पूर्वअध्यक्ष तथा वरिष्ठ नाट्यकर्मी एवं नाटककार विजय विष्फोट, नाटककार तथा निर्देशक राम के.ए.सी.का बुवा रामदास श्रेष्ठ, पिक पवाइन्ट एडुकेशन नेटवर्कका भाइस प्रिन्सिपल महेश के.सी. र नाटककार एवं निर्देशक स्वयंले सामूहिक लोकार्पण गरेको थियो ।

    उक्त कार्यक्रममा अतिथिको रूपमा बुढानिलकण्ठ वडा नं. १३ का वडा अध्यक्ष टीकानारायण श्रेष्ठ, अग्रज रङ्गकर्मी न्हुच्छे श्रेष्ठ, भीनमाया प्रजापति (मानन्धर), एनप्याब्सन, प्याब्सन, इसानका विभिन्न पदाधिकारीहरू, विभिन्न विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, प्रतिनिधि शिक्षकहरू लगायत उल्लेख्य रङ्गकर्मीहरूको उपस्थिति रहेको थियो ।

    तीन पुस्ताको त्रिकोणात्मक सम्बन्ध र मनोवैज्ञानिक अन्तर्सम्बन्धलाई प्रस्तुत गरिएको यस नाटकमा समाजमा क्षीण हुँदै गएको अध्यात्मिक दृष्टिकोण र आधुनिकताले ल्याएको परिवर्तनसँगै सम्बन्धहरूको गैर जिम्मेवार व्यवहारले सभ्य समाजको परिभाषा कस्तो हुनुपर्छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।

    सद्भाव थिएटर नेपालको “शिक्षाका लागि रङ्गमञ्च” अभियानअन्तर्गत पिक प्वाइन्ट एडुकेशन नेटवर्क बुढानिलकण्ठसँगको सहकार्यमा मञ्चनमा ल्याएको हो । नाटकमा छोरीको भूमिकामा रहेकी रेशिका श्रेष्ठको अभिनय अब्बल छ ।

    त्यस्तै आमाको भूमिकामा सद्भावना थापा, बुवाको भूमिकामा मनसुन फुँयालले सबैको मन जित्छ भने हजुरआमाको भूमिका निर्वाह गरेकी मञ्जुरी श्रेष्ठको अभिनयले सबैको मन तान्छ । नाटकमा एन्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दिपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ र राजन रानामगरसहितको अभिनय जीवन्त छ ।

    यस्तै, निर्देशक के.ए.सी.को लेखन तथा निर्देशकीय क्षमता यस नाटकमा अझ मज्जाले देख्न सकिन्छ । यो नाटक पुस ६ गतेसम्म हरेक दिनसम्म हरेक दिन बिहान ११ः०० बजे र दिउँसो १ः३० बजे गरी दुई शो मञ्चन हुने छ । नाटकको टिकट दर ३०० र ५०० रुपैयाँ तोकिएको छ । नाटक अवलोकन गर्न चाहने दर्शकले शिल्पशाला कुञ्ज थिएटरमा पुगेर वा फोनबाट सम्पर्क गरेर पनि आफ्नो सिट अग्रिम सुरक्षित गर्न सक्नेछन् ।

    यस नाटकमार्फत् सद्भावले शिक्षा, समाज र मानवीय सम्बन्धको गहिरो सवाललाई मञ्चमार्फत दर्शकसम्म पुर्याएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ