Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राज्यदैनिकका अध्यक्ष एवं कार्यकारी सम्पादक ओझा दुई भिन्न संस्थाबाट सम्मानित


ग्लोबल पाना
शनिबार, पुस ६ २०८१
  • 427
    SHARES

  • images
    राज्यदैनिकका अध्यक्ष एवं कार्यकारी सम्पादक ओझा दुई भिन्न संस्थाबाट सम्मानित

    काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोहमाझ राज्यदैनिकका अध्यक्ष एवं कार्यकारी सम्पादक सरोज ओझा सम्मानित हुनुभएको छ ।

    images
    images
    images

    सचेतना कार्यक्रम नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं निर्देशकसमेत रहनुभएका ओझालाई पुस ४ गते एसोसिएसनकातर्फबाट कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव र न्युजलाईन्स मिडियाका तर्फबाट प्रमुख अतिथि प्रथम उपराष्टपति परमानन्द झाले पुस ५ गते आयोजित कार्यक्रम समारोह माझ सम्मान गरेका हुन ।

    ओझासँगै संचार क्षेत्र अन्तर्गत न्युजलाईन्सबाट सम्मानित हुनेमा कर्पोरेट खबरका अध्यक्ष एवं संस्थापक सम्पादक उज्ज्वल जंग शाह, दैनिकी डटकमका प्रधान सम्पादक माधव तिवारी, रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देल, सञ्चारकर्मी डिबी पराजुली, राष्ट्रिय समाचार समितिका कृष्णराज गौतम, एक्येबद्धता मासिककी सम्पादक मिना तिवारी घिमिरे, रेड मिडियाकी संचालक विष्णुमाया पौडेल र हिमालय टाइम्स दैनिकका बजार व्यवस्थापन प्रमुख रविन्द्र बाराही छन।

    त्यस्तै नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले ओझासँगै दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरूलाई गरेको सम्मानबाट सम्मानित हुने पत्रकारहरूमा प्रमिला खतिवडा, राजु भट्ट, र अनुप आचार्य छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ