नवलपुर,पुस ६ - महोत्तरी जिल्लाको बर्दिवासस्थित मध्य पूर्वी तालिम शिक्षालयमा सञ्चालित ५०औं जुनियर डिभिजन तालिम अन्तर्गत दोस्रो चरणको २१ दिने तालिममा नवलपुर जिल्लाका विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। श्री राष्ट्रिय सेवा दलद्वारा आयोजित यस तालिममा नवलपुर जिल्लाका तीन विद्यालय सहभागी भएका थिए।
सहभागी विद्यालयहरूमध्ये विजय सामुदायिक शिक्षा सदन (गैंडाकोट-०५), युनिक अङ्ग्रेजी माध्यमिक विद्यालय (गैंडाकोट-१६), र नेपाल नमूना माध्यमिक विद्यालय (देवचुली-०१) उत्कृष्ट रहेका थिए। तालिम अवधिभर विद्यार्थीहरूले विविध क्रियाकलापमा सहभागिता जनाउँदै आफ्नो क्षमता र अनुशासन प्रस्तुत गरेका थिए।
तालिमका क्रममा नेतृत्व विकास, अनुशासन, राष्ट्रप्रेम, र सेवा भावना सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। उक्त तालिमले विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक रूपमा सक्षम बनाउँदै राष्ट्र सेवामा समर्पित नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
नवलपुरका विद्यालयहरूले देखाएको उत्कृष्ट प्रदर्शनले जिल्लाको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको स्तरलाई थप उचाइमा पुर्याएको विश्वास गरिएको छ। कार्यक्रम समापनका अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै आयोजकले उनीहरूको भविष्यको सफलताको कामना गरेका थिए।
यस कार्यक्रममा एनसीसी अल्मुनाई एसोसिएसन नवलपुर जिल्ला कमिटीका निर्देशक विशाल सापकोटाको विशेष उपस्थिती रहेको थियो। उनले कार्यक्रममा सहभागी विद्यार्थीहरूको प्रशंसा गर्दै यस्ता तालिमहरूले भावी पुस्तालाई राष्ट्रसेवामा समर्पित नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


