Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमाले अपराधीलाई बचाउँन लाग्दैन : पूर्वमन्त्री पण्डित


ग्लोबल पाना
आइतबार, पुस ७ २०८१
  • 390
    SHARES

  • images
    एमाले अपराधीलाई बचाउँन लाग्दैन : पूर्वमन्त्री पण्डित

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमाले अपराधीलाई बचाउँन नलाग्ने बताएका छन् । गाउँपालिका तथा नगरपालिकाहरूमा निर्वाचित जनप्रतिनिधिहरूले कानुनको अधीनमा रहेर पदीय जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उनले कानुनबाहिर गएर काम गर्ने जो कसैलाई पनि बचाउन पार्टी नलाग्ने बताएका हुन् ।

    images
    images
    images

    नेकपा एमाले दोलखा-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको ‘बधाई, शुभकामना तथा मतदाताहरूलाई धन्यवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पण्डितले भने, ‘जनप्रतिनिधि हुँ भन्दैमा जथाभावी काम गर्न पाइँदैन । यदि तपाइँले कानुन भन्दाबाहिर गएर काम गर्नुभयो भने तपाइँलाई बचाउन एमाले पार्टी लाग्दैन । किनकी एमाले अपराधीको संरक्षण गर्ने पार्टी होइन ।’ कम्तिमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले कानुनको परिधिमा रहेर पार्टीको समेत सल्लाह लिएर जनतामुखी काम गर्नुपर्ने उनको भनाइ थियो ।

    नेकपा एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीका इञ्चार्ज समेत रहेका नेता पण्डितले पार्टीका नेता तथा कार्यकर्ताहरूले के गर्नुपर्छ भन्ने कुरा भुसुक्कै बिर्सेर के पाएँ भनेर सधैं प्रश्न गर्ने प्रवृत्ति समेत त्याग्नुपर्ने बताएका छन् । ‘हामीले व्यक्तिका निम्ति होइन पार्टीका निम्ति काम गर्नुपर्छ, जब पार्टीका निम्ति काम गर्नुहुन्छ व्यक्तिगत लाभ स्वतः प्राप्त हुन्छ,’ उनले भने, ‘त्यसकारण म भन्छु, आफूले के गर्नुपर्छ भन्ने कुरा बिर्सिएर के पाएँ भन्ने मात्रै गर्नुहुँदैन ।’

    उनले जनभावनाका साथै उम्मेदवार हुँदा जसरी सबै नेता कार्यकर्ता चाहियो जितपछि जनप्रतिनिधिले उनीहरूको भावना समेटेर अघि बढ्‌नुपर्नेमा जोड दिए । अरुलाई कैंची चलाउँदा भोलि आफूमाथि पनि चल्न सक्छ भन्ने हेक्का राखेर नेताहरू एकढिक्का भएर अघि बढ्‌नुपर्ने सुझाव पनि उनले दिएका छन् । दोलखाको गौरीशंकर गाउँपालिकामा गत मंसिर १६ गते भएको उपनिर्वाचनमा एमालेको तर्फबाट निर्वाचित उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पालाई बधाई, शुभकामना तथा मतदाताहरूलाई धन्यवाद दिन सम्पर्क मञ्चले कार्यक्रम आयोजना गरेको थियो ।

    कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा दोलखा इञ्चार्ज पूर्वमन्त्री पार्वत गुरुङ, पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सम्पर्क कमिटीकी इञ्चार्ज पूर्वमन्त्री सरस्वती बस्नेत, केन्द्रीय सम्पर्क समन्वय समितिका संयोजक श्याम कुमार बस्नेत, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिनलगायत विभिन्न कमिटीमा रहेका दोलखाली नेताहरूको उपस्थिति रहेको दोलखा-काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष रिखी बुढाथोकीले जानकारी दिए । उनका अनुसार सम्पर्क मञ्चले नवनिर्वाचित उपाध्यक्ष शेर्पालाई प्रमुख अतिथि लालबाबु पण्डितलगायत अतिथिहरूले शुभकामना सन्देशको पत्र हस्तान्तरण गरेका छन् ।

    सो अवसरमा उपाध्यक्ष शेर्पाले गौरीशंकरमा पार्टीले अघि सारेको घोषणापत्र कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । जनप्रतिनिधि बनेर काम गर्ने नयाँ अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै उनले पार्टीको मार्गदर्शनलाई शिरोपर गर्दै अघि बढ्‌ने बताइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ