Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुमित्रा पाण्डेको साहसिक कार्यले महिला नेतृत्वको उदाहरण प्रस्तुत


आइतबार, पुस ७ २०८१
  • 358
    SHARES

  • images
    सुमित्रा पाण्डेको साहसिक कार्यले महिला नेतृत्वको उदाहरण प्रस्तुत

    काठमाडौं - महिलाले नेतृत्वमा आफ्नो क्षमता र आत्मविश्वासलाई प्रमाणित गर्न सुमित्रा पाण्डेले देखाएको साहसिक कार्यले नेपाली समाजमा महिला सशक्तीकरणको नयाँ परिभाषा दिएको छ। संघीय लोकतान्त्रिक नेपालको सफलताको आधार महिला नेतृत्व भएको सन्दर्भमा पाण्डेको कार्यले यो विषयलाई थप पुष्टि गरेको छ।

    images
    images
    images

    बुढानिलकण्ठ नगरपालिका वडा-९ कि वडाअध्यक्ष सुमित्रा पाण्डेले आफ्नो क्षेत्रमा महिलालाई सशक्त बनाउनका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन्। उनको नेतृत्वले महिला मात्र नभई सम्पूर्ण समाजलाई प्रेरणा दिएको छ। महिलाको क्षमता, सहनशीलता र निडरताले लोकतन्त्र र संघीयताको संरचनालाई अझ बलियो बनाउने विश्वास उनको कार्यशैलीमा झल्किन्छ।

    नेपालको लोकतान्त्रिक प्रणालीमा महिला प्रतिनिधित्वको अभावलाई सम्बोधन गर्दै पाण्डेले स्थानीयस्तरदेखि राष्ट्रिय तहसम्मको राजनीतिमा महिलाको भूमिका आवश्यक रहेको धारणा अघि सारेकी छन्।

    संघीय प्रणालीले शक्ति विकेन्द्रीकरण गर्दै महिलालाई स्थानीय स्तरमै सशक्त बनाउन सहयोग पुर्‍याएको भए पनि अझ धेरै सुधारको आवश्यकता रहेको उनले बताइन्। महिला नेतृत्वको आवश्यकतामा जोड "लोकतन्त्र र संघीयता बलियो बनाउन महिलाको सक्रिय सहभागिता अनिवार्य छ। महिलालाई सहायक भूमिकामा मात्र सीमित गर्ने सोच बदल्नुपर्छ," पाण्डेले भनिन्।

    उनले महिलाले नेतृत्व गर्न नसक्ने पुरानो सोचलाई तोड्न महिला आफैं पनि जागरूक हुनुपर्ने र आफ्नो अधिकारका लागि दृढ रहनुपर्ने आवश्यकता औंल्याएकी छन्। पाण्डेको योगदानले थप सम्भावनाको ढोका खोल्यो सुमित्रा पाण्डेको नेतृत्वमा सञ्चालित थुप्रै सामाजिक र आर्थिक परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नेदेखि महिला सशक्तीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने काम गरेका छन्।

    उनले समाजमा महिलाको भूमिकालाई पुनर्परिभाषित गर्दै हरेक क्षेत्रका लागि मार्गनिर्देशन प्रस्तुत गरेकी छन्। महिला सशक्तीकरणको यो पहलले नेपालमा लोकतन्त्र र संघीयता बलियो बनाउन निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। महिलाको सक्रियताले समाजलाई दिगो र प्रगतिशील बनाउने दिशामा अग्रसर गराउन सुमित्रा पाण्डे जस्ता व्यक्तित्वहरूको योगदान अझ महत्त्वपूर्ण रहनेछ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ