Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कथाघेरा कौसी थिएटरद्वारा उत्पादित नाटक ठिकै छ तर .... "But Still, We rise " प्रदर्शन हुने


सोमबार, पुस ८ २०८१
  • 329
    SHARES

  • images
    कथाघेरा कौसी थिएटरद्वारा  उत्पादित नाटक ठिकै छ तर .... "But Still, We rise " प्रदर्शन हुने

    काठमाडौं ।  कथा घेराकी प्रोडक्सन म्यानेजर निष्ठा त्रिपाठीले कथा घेराले उत्पादन गरेको "But Still, We rise " " ठिकै छ तर ...... " नामक नाटक यही पुस १२ गते शुक्रवार ५ बजे, पुस १३ गते शनिवार १ बजे र ५ बजे बत्तीस पुतलीको शिल्पी थिएटरमा ३ सो प्रदर्शन गरिने जानकारी गराउनु भयो ।

    images
    images
    images

    उहाँले कुनै पनि व्यक्तिको योग्यता, क्षमता, सीप, रुचि, चाहनालाई अपाङ्गता वा लैङ्गिकताले नरोक्ने भन्दै उनीहरूलाई यस्ता नाटकहरूमा अभिनय गर्नको लागि सीप सिकाएर अभिनय प्रस्तुत गर्ने अवसरको प्रदान गर्न सकेमा समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो । साथै उहाँले उक्त नाटक हेर्नको लागि अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको, विद्यार्थी र नाट्य कलाकारका लागि रु ३ सय र सर्वसाधारणका लागि रु ५ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको पनि जानकारी गराउनु भयो ।

    कथाघेरा कौसी थिएटरका निर्देशक तथा प्रशिक्षक आकांक्षा कार्कीले नाटकहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक रोल मात्र दिने, कतै हास्य पात्रको रूपमा मात्रै समावेश गर्ने गरेको, उनीहरूलाई कमजोरी देखाउने रोलमा प्रयोग गर्ने, समान सहभागिता नगराउने पाइएकोले उनीहरू कमजोर होइनन्, अवसर पाएको खण्डमा र अपाङ्गता अनुकूलको वातावरण सृजना गरेर उनीहरूको आफूमा भएको क्षमतालाई प्रस्फुटन गराएर उनीहरूले नै समाज, घर परिवार तथा आफन्तजनहरूबाट भोग्दै आएका भोगाइहरूलाई समावेश गरेर नाटक तयार गरी प्रदर्शन गर्ने उद्देश्यले १२ जना महिलाहरूमा ६ जना अपाङ्गता भएका महिलाहरूलाई पनि यस १ महिने नाटक तालिममा समावेश गरिएको बताउनु भयो ।

    साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरू तथा यौनिक तथा अल्पसङ्ख्यकहरू प्रति समाजमा भएको कमजोरी, केही गर्न सक्दैनन् भन्ने भ्रम हटाएर सकारात्मक सन्देश दिने उद्देश्यले यो तालिम दिएको बताउनु भयो । उहाँले अन्य महिलाहरूसँग अपाङ्गता भएका महिलाहरू, यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूलाई समावेश गरेर १ महिना सम्मको तालिम सञ्चालन गरी नाटक निर्माण गरेर प्रदर्शन समेत गरेको बताउनु भयो ।

    कथाघेरा कौसी थिएटरद्वारा १ महिनाको नाटक तालिम पश्चात् तालिममा सहभागी महिला प्रशिक्षार्थीहरूको भोगाइका आधारमा "But Still, We rise " " ठिकै छ तर ...... " नामक नाटक पुनः यही पुस १२ गते शुक्रवार ५ बजे, पुस १३ गते शनिवार १ बजे र ५ बजे बत्तीस पुतलीको शिल्पी थिएटरमा ३ सो प्रदर्शन हुने भएको छ ।

    एक महिने नाटक तालिमका प्रशिक्षक तथा निर्देशक सुदाम सिकेले एक महिने तालिम पश्चात् तयार पारिएको नाटक गत मंसिर ८ र ९ गते नोभेम्बर २३ र २४ तारिखका दिन ब्रिटिस काउन्सिल र काठमाडौँ महानगरपालिकाले काठमाडौँको नक्साल स्थित नन्दीकेशर बगैँचा नारायण चौरमा आयोजना गरेको २ दिने WOW Festival मा प्रदर्शन गरिएको, नाटकमा अपाङ्गता भएका तथा अन्य महिलाहरूले समाज तथा घर परिवारबाट भोग्न परेका भोगाई, चुनौतीहरूलाई प्रस्ट देखाइएको भन्दै यस नाटकले समाज तथा सरोकारवाला निकायहरूलाई सकारात्मक सन्देश दिएको दर्शकहरूको प्रतिक्रिया दिएको बताउनु भयो ।

    यस नाटकमा सहभागी दृष्टिविहीन अपाङ्गता भएकी प्रशिक्षार्थी शिल्पा ढुङ्गेलले नाटक पश्चात् सहभागीहरूको भोगाइका आधारमा नाटक तयार गरेर प्रदर्शन पनि गरे पछि आफूमा भएको क्षमता, प्रतिभा, सृजनालाई कुनै अवरोधले पनि बाधा नपुर्याउने रहेछ भन्ने कुराको प्रमाणित भएको महसुस गरेको भन्दै नाटक प्रदर्शन पछि दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आएको बताउनु भयो ।

    तालिममा सहभागी हुनु भएकी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्माले १ महिने नाटक कार्यशाला पश्चात् नाटकका विषयमा, अभिनयका विषयमा धेरै कुराहरू सिकेको, नाटकका संवाद लेख्न, बोल्न, अभिनय गर्न सिकेको, आफूमा आत्मबल बढेको भन्दै अभिनय मार्फत वास्तविक जीवनका भोगाइहरूमा रूपान्तरण गर्न पनि सिकेको बताउनु भयो ।

    कथाघेराकी स्टेज म्यानेजर विनीता गुरुङले कथाघेरा कौसी थिएरटरले १ महिनाको नाटक तालिम पश्चात् तालिममा सहभागी महिला प्रशिक्षार्थीहरूको भोगाइका आधारमा "But Still, We rise " " ठिकै छ तर ...... " नामक नाटक तयार पारिएको भन्दै यस तालिममा अपाङ्गता भएका महिलाहरू, यौनिक तथा अल्पसङ्ख्यक र अन्य महिलाहरू सबैले एकै पटकमा सहज वातावरणमा यो नाटकको तालिम प्रदान गरिनुका साथै गत मंसिर ८ र ९ गते नोभेम्बर २३ र २४ तारिखका दिन काठमाडौंमा आयोजना गरिएको २ दिने WOW Festival मा प्रदर्शन पनि गरिएको बताउनु भयो ।

    यस तालिममा सहभागी शारीरिक अपाङ्गता भएकी महिला सरिता थुलुङ्ले कथाघेराले एक महिने नाटक तालिम दिने क्रममा अन्य महिलाहरूको साथमा अपाङ्गता भएका महिलाहरूलाई पनि समावेश गरेर नाटक सिक्ने अवसर दिएकोमा कथा घेरा परिवारलाई धन्यवाद दिँदै यहाँ सिकेको सीपको उपयोगको लागि अवसरको खोजी गर्ने बताउनु भयो ।

    नाटककी प्रशिक्षार्थी तथा सहभागी, अपाङ्गता नभएकी आदिवासी महिला भूमिका थारुले हाम्रो समाजमा अधिकांश क्षेत्रमा समावेशिता नपाएको, आदिवासी, दलित, अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत वर्गका व्यक्तिहरूका सवालहरू ओझेलमा पार्ने गरेको अवस्थामा यस कथाघेरा परिवारले एक महिने नाटक तालिममा यी सबै समुदायलाई सहभागी गराएर नाटकमा अभिनय गर्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

    खुल्ला आवेदनमा ५० जनाको निवेदन आएकोमा ६ जना अपाङ्गता भएका महिलाहरू शर्मिला विश्वकर्मा, सरिता थुलुङ्ग, सुन्दरी मिश्र, शिल्पा ढुङ्गेल, निर्मला भण्डारी, पूजा अधिकारी र अन्य अपाङ्गता नभएका ६ जना महिलाहरू निहारिका काफ्ले, पूजा कुमारी वैश्य, अलिशा वादी श्रेष्ठ, नुशा लिङ्देन, भूमिका थारु र ऋच्मा गुरुङ गरी १२ जनालाई छनौट गरिएको थियो ।

    यो १ महिने नाटक तालिममा कथाघेरा कौसी थिएटरका निर्देशक आकाक्षां कार्की, सुदाम सिके र युरोपको लिथवईनिया देशबाट आउनु भएकी प्रशिक्षक Laura Kutkaite लौरा कुटकाइट ले पनि नाटकका विषयमा प्रशिक्षण दिनु भयो।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ