Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

युवा उद्यमी रूपेश पाण्डेको ०८४ मा उम्मेदवारी: पर्सा क्षेत्र नं. ३ को राजनीति रोचक मोडमा


मंगलबार, पुस ९ २०८१
  • 319
    SHARES

  • images
    युवा उद्यमी रूपेश पाण्डेको ०८४ मा उम्मेदवारी: पर्सा क्षेत्र नं. ३ को राजनीति रोचक मोडमा

    पर्सा - प्रसिद्ध युवा व्यवसायी एवम् आरपी ग्रुपका सञ्चालक रूपेश पाण्डेले ०८४ सालमा पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने घोषणा गरेका छन्। आफ्नो व्यवसायिक सफलता र सामाजिक सेवामा सक्रिय योगदान दिँदै आएका पाण्डे पछिल्लो समय गाउँ-ठाउँका नागरिकका समस्या समाधान गर्न निरन्तर लागिपरेका छन्।

    images
    images
    images

    स्थानीय बासिन्दाको सुख-दुःखमा सधैं साथ दिँदै आएका पाण्डेलाई नागरिकले राजनीतिक नेतृत्वमा देख्न चाहेको बताउँदै आएका छन्। पाण्डेले भने, "जनताको साथ र विश्वासले मलाई अझै उत्साहित बनाएको छ।

    पर्सा क्षेत्रको विकास र समस्याको समाधानका लागि म अब राजनीतिक नेतृत्वको माध्यमबाट योगदान दिन चाहन्छु।" सामाजिक र आर्थिक समस्यामा निरन्तर चासो पर्सा क्षेत्र नं. ३, मानिकपुर वार्ड नं. २ का स्थायी बासिन्दा पाण्डेले आफ्नो क्षेत्रमा विकासको अभाव रहेको गुनासो गरेका छन्। सडकको अवस्था, खानेपानीको अभाव र कृषिजन्य उत्पादनको बजारीकरण नहुँदा किसान समस्यामा रहेको उनले बताए।

    "हाम्रो क्षेत्रका जनताले दुःख पाएका छन्, तर समाधानका लागि पहल गर्ने कोही छैन। म यो अवस्थालाई परिवर्तन गर्न चाहन्छु," उनले भने। पाण्डेले गाउँ-गाउँ घुम्दै स्थानीय समस्या नजिकबाट बुझेका छन्। उनले समाजमा बढ्दै गएको मद्यपान, घरेलु हिंसा, र अन्य विकृतिबारे पनि चिन्ता व्यक्त गरेका छन्। "म समाजका विकृतिहरू घटाउन र सुधार ल्याउन प्रतिबद्ध छु," उनले जोड दिए।

    पर्सा क्षेत्रको विकासप्रति दृष्टिकोण

    पाण्डेले पर्सा जिल्लालाई व्यापारिक, आर्थिक र सामाजिक दृष्टिले सम्पन्न बनाउने उद्देश्य लिएका छन्। "हाम्रो जिल्लामा आवश्यक विकास भएका छैनन्। यसलाई परिवर्तन गर्न ठोस योजना र जनताको सहभागिता आवश्यक छ," उनले भने। पाण्डेको उम्मेदवारीले पर्सा क्षेत्रका जनतामा उत्साह छाएको छ।

    बुढापाकाको आशीर्वाद र युवाको समर्थनले पाण्डेले चुनावमा जित्ने आशा राखेका छन्। "जनताको विश्वासले मलाई प्रेरित गरेको छ। म सबैको सहयोग लिएर पर्साको विकासका लागि अगाडि बढ्नेछु," उनले बताए।

    पाण्डेको उम्मेदवारीले पर्सा क्षेत्रको राजनीतिक परिदृश्यलाई निकै रोचक बनाएको छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ