Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इनर व्हील क्लब पोखराद्वारा बागलुङमा बिद्यार्थीहरूलाइ आँखा जाँच सहित न्यानो कपडा बितरण


ग्लोबल पाना
बुधबार, पुस १० २०८१
  • 228
    SHARES

  • images
    इनर व्हील क्लब पोखराद्वारा बागलुङमा बिद्यार्थीहरूलाइ   आँखा जाँच सहित न्यानो कपडा बितरण

    १० पुष ,पोखरा । इनर व्हील क्लब पोखराद्वारा बागलुङमा बिद्यार्थीहरूलाइ आँखा जाँच सहित न्यानो कपडा बितरण गरिएको छ। क्लबले बागलुङ नगरपालिका वडा न १४ स्थित जनता धन माध्यामिक बिद्यालयका १० जना नेत्रहीन बिध्यार्थीलाइ न्यानो कपडा बितरण सहित करिब २०० जना बिद्यार्थीको निशुल्क आँखा जाँच सम्पन्न गरेको हो।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिका वडा न १४ का वडा अध्यक्ष ले क्लबलाई धन्यवाद ज्ञापन गर्दै परोपकारी कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

    कार्यक्रममा जनता धन माध्यामिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुरेन्द्र बहादुर थापा, दृष्टिबिहिन कल्याण संघ कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्ग, नेपाल नेत्रज्योति संघ धौलागिरी अस्पतालका अध्यक्ष बिन्दु सागर राजभण्डारी सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    क्लबका अध्यक्ष रेश्मा बैधको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ