चितवन, भरतपुर – अङ्कुरम एकेडेमी, भरतपुर–७ मा भोली (पुस १४ गते) "फुड फेस्ट २०२४" आयोजना गरिँदै छ। यो विशेष कार्यक्रम बिहान १२:३० बजेबाट सुरु हुनेछ।
फेस्टिभलमा विभिन्न स्वादिष्ट परिकारहरूको स्टलहरू, स्थानीय व्यवसायद्वारा प्रस्तुत गरिएका विशेष व्यञ्जनहरू र आकर्षक गतिविधिहरू रहनेछन्। खाना र रमाइलोमात्र नभई, लाइभ म्युजिक र नृत्यको प्रस्तुतिले कार्यक्रममा थप रौनक प्रदान गर्नेछ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानिय समुदायका सबै सदस्यहरूको सहभागिता अपेक्षा गरिएको छ। आफ्नो परिवार र साथीहरूलाई साथमा लिएर रमाइलो समय बिताउन सबैलाई निमन्त्रणा गरिएको छ।
स्थान: अङ्कुरम एकेडेमी, भरतपुर –७, चितवन
समय: बिहान १२:३० बजेबाट
आउनुहोस्, फुड फेस्ट २०२४ लाई सफल बनाऔं!
.gif)




 x 450 (H) Global Pana.jpeg)


