Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव


ग्लोबल पाना
मंगलबार, पुस १६ २०८१
  • 362
    SHARES

  • images
    संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव

    बर्दिबास पुष १४ : बर्दिबास, महोत्तरीमा उत्कृष्ट आतिथ्य र आनन्ददायी वातावरणको लागि प्रख्यात होटल गुञ्जले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्दैछ । रमाईलो वातावरण स्वादिलो परिकारहरुको साथ चर्चित कलाकारहरुको प्रस्तुति रहने यस नयाँ वर्ष विशेष कार्यक्रम २०२४ डिसेम्बर ३१ मंगलबारदेखि २०२५ जनवरी १ बुधबारसम्म २ दिनको लागि हुने होटल गुञ्जले जानकारी दिएको छ ।

    images
    images
    images

    होटल गुञ्जको जानकारी अनुसार न्यु ईयर ईभ र न्यु ईयरको दिनमा “समुन्द्र ब्यान्ड” र “द हाईम्स ब्याण्ड” को संयुक्त लाईभ म्युजिकको प्रस्तुती रहने छ । साथै डिजेहरुको प्रस्तुती, बार्बेक्यु नाईट र बिभिन्न आतसबाजी लगायतको कार्यक्रम पनि रहेको छ । कार्यक्रमको बारेमा बोल्दै होटल गुन्जका म्यानेजर सुशांत कार्कीले भन्नुभयो, “हाम्रा अतिथीहरुको यो नयाँ वर्ष वास्तवमै अविस्मरणीय रहोस् भन्नको लागि हामीले विविध प्रतिभाशाली व्यक्तित्वहरुको साथ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका छौँ ।

    हामीलाई विश्वास छ कि संगीत, स्ट्यान्ड–अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधीहरुको साथ हाम्रा अतिथीहरुको नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुनेछ । त्यसैले आफ्नो परिवार र साथीभाईहरुसँग नयाँ वर्ष विशेष बनाउनको लागि अहिले नै सिट बुक गर्न सक्नुहुनेछ ।” यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ