Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मैनादेवी फाउण्डेशन र कुमारी जब प्रा.लि. बीच काठमाडौं ट्रयास कलेक्सन् रेस २०२५ को लागि सहकार्य


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 271
    SHARES

  • images
    मैनादेवी फाउण्डेशन र कुमारी जब प्रा.लि. बीच काठमाडौं ट्रयास कलेक्सन् रेस २०२५ को लागि सहकार्य

    काठमाडौं । वातावरणीय अभियानहरूमा क्रियाशील नेपालकै अग्रणी गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेशन (एमडीएफ) र नेपालकै अग्रणी रोजगारी पोर्टल तथा मानव संशाधन परामर्शदाता कुमारी जब प्रा.लि.बीच काठमाण्डौ ट्रयास कलेक्सन्‌रेस (केटीसीआर) २०२५कोलागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ ।

    images
    images
    images

    पुस २७ गते आयोजना हुने काठमाडौं ट्रयास कलेक्सन्‌रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान हो। तीनकुनेबाट शुरू हुने यस कार्यक्रममा सहभागीहरूले जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन्‌र ५ किलोमिटरसम्म फोहोर सङ्कलन गर्नेछन् । यस अभियानले स्वास्थ्य, समुहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई एकसाथ जोड्दै हरियालीको महत्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

    यस सहकार्यबारे बोल्दै कुमारी जब प्रा.लि.का प्रबन्ध निर्देशक सन्देश भण्डारीज्युलेभन्नुभयो, “हामी केवल रोजगारीका अवसरहरु मात्र सिर्जना गर्ने नभई एक असल संसार निर्माण गर्ने अवसर पनि सिर्जना गर्नुपर्दछ भन्ने मान्यता राख्छौँ । यसै मान्यता अनुरुप हामीले यस काठमाडौँ ट्रयास कलेक्सन्‌रेसको लागि मैनादेवी फाउन्डेसनसँग सहकार्य गरेका छौँ ।

    हाम्रो यस सहकार्यले नागरिक सचेतना बढाउँदैभावी पुस्ताको लागि सुरक्षित वातावरण तयार गर्नेछ भन्ने हामीलाई विश्वास छ ।” त्यसैगरी मैनादेवी फाउण्डेशनका अध्यक्ष केपी खनालले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “काठमाडौं ट्रयास कलेक्सन्‌रेस नेपालमा आशा र वास्तविक कामको प्रतीकका रूपमा विकसित हुँदै गएको छ । कुमारी जबसँगको यो सहकार्यले सफा, हराभरा र दिगो समुदाय निर्माणकोहाम्रोप्रयासलाई थप बलियो बनाएको छ । हाम्रो यस सहकार्यमार्फत मानिसहरूलाई सकारात्मक परिवर्तन गर्न प्रेरित गर्दैछौँ।”

    यो वर्षको ट्रयास कलेक्सन्‌रेसमा ३०० भन्दा बढी स्वयंसेवकहरू परिचालन हुने भएका छन्‌भने ३,००० भन्दा बढी नागरिकहरु सहभागी हुने अपेक्षा गरिएको छ । मानव संशाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जबले एक दशकदेखि जनमानसमा सेवा पुर्‍याउँदै आएको छ । यस सहकार्यमार्फत कुमारी जबले रोजगार निर्माणमा मात्रै नभई समाजमा वातावरणीय सचेतना फैलाउन पनि सक्रिय भूमिका निर्वाह गरेको छ ।

    मैनादेवी फाउन्डेसनले विगत ३ वर्षदेखि यस अभियान सन्चालन गर्दै आएको छ । तीनकुनेबाट बिहान ७ बजे शुरु भएर माइतिघरमा समापन हुने यस अभियानमा सहभागिहरुले दौडँदै फोहोर संकलन गर्ने गरेका छन्। यसरी संकलन गरिएको फोहोर काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गर्ने गरिएको आयोजकले जानकारी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ