Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भवन निर्माणका लागि १ रोपनी १० आना जग्गा निःशुल्क


ग्लोबल पाना
बिहीबार , पुस २१ २०७९
  • 226
    SHARES

  • images
    भवन निर्माणका लागि १ रोपनी १० आना जग्गा निःशुल्क

    स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन् ।

    images
    images
    images

    विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै स्वास्थ्यचौकी बनाउन सके स-सानो उपचारका लागि टाढा जान नपर्ने महसुस गरी आफूले जग्गा उपलब्ध गराएको जग्गादाता सारुले बताए ।

    “सामान्य उपचारका लागि पनि चिध्यार, वालिङ-१० को मदिखोला तथा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पताल जानुपर्ने बाध्यता छ”, उनले भने, “वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने भएकाले गाउँमै स्वास्थ्यचौकी बनाउन सके सामान्य उपचार यही हुन्थ्यो भन्ने ठानेर जग्गा दिएको हुँ ।”

    जग्गा प्राप्ति भएकाले अब छिट्टै नै निर्माण प्रक्रिया थालिने वडाध्यक्ष सुनिल खनालले बताए । स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेटको सुनिश्चितता भइसकेकाले अब बोलपत्र आह्वानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ