Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सल्यानमा एउटै घरका दुई दिदीबहिनी मृत अवस्थामा भेटिए


बुधबार, पुस २४ २०८१
  • 419
    SHARES

  • images
    सल्यानमा एउटै घरका दुई दिदीबहिनी मृत अवस्थामा भेटिए

    सल्यान - सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालत भन्ने गाउँमा एउटै घरका दुई दिदीबहिनी घरभित्रै मृत अवस्थामा फेला परेका छन्। मृतकमा ३ वर्षीया करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले जानकारी दिएका छन्।

    images
    images
    images

    प्रहरीका अनुसार घटना आज बिहानको हो। मृतकका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पूर्णिमा राना घरमै रहेको बताइएको छ। तर, उनीहरू किन र कसरी मृत अवस्थामा फेला परे भन्ने विषय अझै खुलेको छैन। स्वास्थ्यमा कुनै समस्या नरहेको बताइएका यी बालबालिका शङ्कास्पद अवस्थामा मृत फेला परेकाले घटना गम्भीर रहेको प्रहरीले जनाएको छ।

    सूचना अधिकारी क्षेत्रीले घटनास्थलमा प्रहरी परिचालन गरिएको र हाल क्षेत्र सुरक्षित राखिएको बताएका छन्। "घटना शङ्कास्पद छ, म पनि घटनास्थलतर्फ जाँदै छु। अनुसन्धानपछि मात्रै वास्तविक कारण बताउन सकिन्छ," उनले भने।

    घटनाबारे थप जानकारी र मृत्युको कारण पत्ता लगाउन प्रहरी अनुसन्धान जारी छ। स्थानिय बासिन्दा र परिवारले यस घटनाले गहिरो शोक व्यक्त गरेका छन्।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ