Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन


ग्लोबल पाना
आइतबार, पुस २८ २०८१
  • 308
    SHARES

  • images
    सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

    काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नुहुनेछ।

    images
    images
    images

    जहा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनहरू उपलब्ध छन्। आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको छ।

    दक्ष्य र अनुभवी Sales Person हरु बाट यहाँ भएका बिधुतिय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३०% सम्मको विशेष छुट पाउन सक्नुहुनेछ।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ। नयाँ शाखाहरूमा Free Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नुहुनेछ।

    नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ! यसमा Free Delivery, Free Installation, ON Spot EMI, Exchange Offer, र Loyalty Points जस्ता सुविधाहरू पनि समावेश छन्।

    यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ। सीजी डिजिटल – तपाईंको विश्वासिलो इलेक्ट्रोनिक्स गन्तव्य।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ