Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भक्तपुरको गौरव, जु जु धौको लोकप्रियता र परम्परागत महत्त्व : अध्यक्ष सैजु


आइतबार, पुस २८ २०८१
  • 709
    SHARES

  • images
    भक्तपुरको गौरव, जु जु धौको लोकप्रियता र परम्परागत महत्त्व : अध्यक्ष सैजु

    भक्तपुर । जु जु धौ, जसलाई “दहीको राजा“ पनि भनिन्छ, भक्तपुरको पहिचानका रूपमा विश्वभर चिनिन्छ। यो परम्परागत दहीको विशिष्ट स्वाद, बनावट र मौलिकताले यो देशभर र अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय बनेको छ। जु जु धौ व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्ण गोपाल सैजुका अनुसार, यो दहीको लोकप्रियता यसको विशेष तयार गर्ने प्रक्रियामा छ।

    images
    images
    images

    “जु जु धौ सामान्य दहीभन्दा फरक छ। यसलाई परम्परागत माटोको भाँडोमा तयार पारिन्छ, जसले यसलाई विशेष स्वाद र गन्ध दिन्छ। यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको छ,” सैजुले बताए।

    सैजुका अनुसार, जु जु धौ तयार गर्दा उच्च गुणस्तरीय दूध प्रयोग गरिन्छ। दूधलाई कराईमा तताएर बाक्लो बनाइन्छ र त्यसपछि परम्परागत रित अनुसार माटोको भाँडोमा हालेर जमाइन्छ। माटोको भाँडोले अतिरिक्त पानी सोस्ने र दहीलाई बाक्लो बनाउने काम गर्छ।

    “माटोको भाँडोको प्रयोग नै यसको मौलिकतामा मुख्य भूमिका खेल्छ। आधुनिक उत्पादनले यसको मौलिकता हराउन सक्छ, त्यसैले हामी परम्परालाई जोगाउँदै आएका छौं,” सैजुले थपे।

    विशेष गरी चाडपर्व, विवाह, र धार्मिक अवसरमा यसको माग अझ बढ्ने गरेको छ। हामीले परम्परागत उत्पादन प्रक्रिया कायम राख्दै यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन प्रयास गरिरहेका छौं,” सैजुले बताए।

    जु जु धौलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन व्यवसायी संघले विभिन्न पहलहरू सुरु गरिरहेको छ। “हामीले गुणस्तरमा कुनै सम्झौता नगरी परम्परागत स्वादलाई कायम राख्ने योजना बनाएका छौं। अन्तर्राष्ट्रिय बजारमा यसलाई चिनाउनका लागि प्याकेजिङ र प्रवद्र्धनका नयाँ उपायहरू अवलम्बन गर्दैछौं,” सैजुले जानकारी दिए।

    जु जु धौ भक्तपुरको मात्र नभई सम्पूर्ण नेपालको सांस्कृतिक सम्पदा हो। यसको मौलिकता, परम्परागत उत्पादन प्रक्रिया, र स्वादले यसलाई विशेष बनाएको छ। व्यवसायी कृष्ण गोपाल सैजुजस्ता अग्रणी व्यक्तित्वहरूको योगदानले यो परम्परा जोगाउन र विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ