Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लहान शाखामा कर्जा असुली विवाद: बैंकिङ्ग सेवा अवरुद्ध


आइतबार, पुस २८ २०८१
  • 303
    SHARES

  • images
    लहान शाखामा कर्जा असुली विवाद: बैंकिङ्ग सेवा अवरुद्ध

    काठमाडौं । सिराहाको लहानस्थित कृषि विकास बैंक शाखामा कर्जा असुली तथा धितो लिलामी प्रक्रियामा असन्तुष्टि जनाउँदै ऋणी पक्षले बैंकको सेवा अवरुद्ध गर्ने गतिविधि गरेको छ। कृषि कर्जा तथा व्यक्तिगत ओभरड्राफ्टको भुक्तानीका लागि बारम्बार ताकेता गरेपश्चात बैंकले ऋणी रामचन्द्र यादवलाई कानूनी प्रक्रिया अनुसार धितो लिलामी गरेको जनाएको छ।

    images
    images
    images

    तर, लिलामी प्रक्रिया चित्त नबुझेको भन्दै ऋणी पक्षले बैंक परिसरमा तालाबन्दी, नाराबाजी, र तोडफोडजस्ता अराजक गतिविधि गरेको बैंकले जनाएको छ। बैंकले जारी गरेको विज्ञप्तिमा धितो लिलामीका लागि सार्वजनिक सूचना तीनपटकसम्म जारी गरेर मात्र लिलामी प्रक्रिया अघि बढाइएको र नियमानुसार काम गरिएको स्पष्ट गरिएको छ ।

    तथापि ऋणी पक्षले बैंकमा तोडफोड गर्दै भ्रमपूर्ण प्रचार प्रसार र सामाजिक सञ्जालमा कपोलकल्पित समाचार सम्प्रेषण गरेको बैंकको दाबी छ। यसले बैंकका ग्राहक तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै बैङ्किंग सेवा अवरुद्ध भएको जनाएको छ।

    बैंकले यस्ता गैरकानूनी र अमर्यादित गतिविधि तत्काल रोकी कानूनी प्रकृयाबाट असन्तुष्टि समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। बैंक जस्तो संवेदनशील संस्थाको सेवा अवरुद्ध हुने गरी गरिएको यस्तो कार्यप्रति घोर भर्त्सना गर्दै सबै पक्षलाई शान्त वातावरणमा संवादमार्फत समस्या समाधान गर्न अनुरोध गरिएको छ।

    press notice.jpg

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ