Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

केएनपी नेरोलेक पेन्ट्सको फेस्टिभ इस्किमका विजेताहरू घोषित


ग्लोबल पाना
बुधबार, माघ २ २०८१
  • 296
    SHARES

  • images
    केएनपी नेरोलेक पेन्ट्सको फेस्टिभ इस्किमका विजेताहरू घोषित

    काठमाडौं, पौष २८ । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ इस्किम “केएनपीको पर्वसँगै रङ्गमा दङ्ग, ५ लाख बराबरको सुनसँग” योजनाका विजेताहरू घोषणा गरेको छ। कान्तिपुर टिभी एचडीको लोकप्रिय कार्यक्रम “कल कान्तिपुर” मार्फत पौष २८ गते प्रत्यक्ष प्रसारणमा लक्की ड्र गरी विजेताहरू छनोट गरिएको हो।

    images
    images
    images

    यस योजनाले ग्राहकहरूलाई केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गरी आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको थियो। लक्की ड्र मार्फत जनकपुरका शिव नारायण मण्डलले ५ लाख बराबरको सुन जित्नुभएको छ। साथै, ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतो, र ब्राण्डेड स्मार्ट टिभी विरगंजका ध्रुब प्रसाद गुप्ता विजेता घोषित हुनुभएको छ।

    त्यसैगरी, थप १०० भाग्यशाली ग्राहकहरूले ब्राण्डेड स्मार्ट वाच जित्न सफल भएका छन्।
    कार्यक्रममा प्रमुख अतिथिका रूपमा चर्चित गायिका डा. त्रिशला गुरुङ र केएनपी जापान प्राइभेट लिमिटेडका मार्केटिङ म्यानेजर केदार थापा उपस्थित हुनुहुन्थ्यो।

    लक्की ड्रको क्रममा हजारौं ग्राहकहरूको नाम मध्यबाट शिसाको भाडाबाट नाम छानिएको थियो। विजेताहरूलाई पुरस्कार प्रदान गर्दै केएनपी नेरोलेक पेन्ट्सले आफ्ना ग्राहकहरूसँग उत्सवको खुशी सेयर गर्न पाउँदा गर्व महसुस गरेको जनाएको छ।

    केएनपी नेरोलेक पेन्ट्सले आगामी दिनहरूमा पनि यस्तै योजनाहरू ल्याएर ग्राहकहरूको भरोसा र माया जित्ने प्रयास जारी राख्ने बताएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ