Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

डिजिटलको तेस्रो साधारण सभा र हिमालयन स्वीट्स एण्ड ट्रीट्सको उद्घाटन समारोह सम्पन्न


ग्लोबल पाना
बुधबार, माघ २ २०८१
  • 355
    SHARES

  • images
    डिजिटलको तेस्रो साधारण सभा र हिमालयन स्वीट्स एण्ड ट्रीट्सको उद्घाटन समारोह सम्पन्न

    काठमाडौं । डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूको तेस्रो साधारण सभा, तेस्रो वार्षिकोत्सव तथा यस सहकारीमार्फत सञ्चालनमा आएको उद्योग डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स, कीर्तिपुर, काठमाडौं को औपचारिक उद्घाटन माननीय कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

    images
    images
    images

    कार्यक्रम डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूका अध्यक्ष दीपक चन्द्र गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व खेलकुद मन्त्री तथा काठमाडौं क्षेत्र नं. ८ का सांसद बिराजभक्त श्रेष्ठ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का उपाध्यक्ष तथा युनाइटेड नेचर इन्टरनेशनल पिसका अध्यक्ष भिक्षु डा. राजु लामा (कोन्दन), वरिष्ठ चिकित्सक तथा समाजसेवी प्रा. डा. बुलन्द थापा, सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष तथा वरिष्ठ समाजसेवी हरिगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, कीर्तिपुर नगरपालिकाका वडा नं. २ का अध्यक्ष ई. रुपेश डंगोल, मानव अधिकार संगठनका विभाग प्रमुख रबिन सिंह बस्नेत, संस्थाका प्रमुख सल्लाहकार ध्रुव चन्द्र गौतम र वरिष्ठ सल्लाहकार शंकर अर्याल लगायतको उपस्थितिमा सम्पन्न भयो।

    कार्यक्रममा डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूका अध्यक्ष दीपक चन्द्र गौतमले प्रमुख अतिथि, विशिष्ट अतिथि र शेयर सदस्यहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सांसद बिराज भक्त श्रेष्ठज्यूले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको उद्योग स्थापना गर्न सफल भएकोमा बधाई र शुभकामना दिनुभएको थियो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गत समिति उपाध्यक्ष भिक्षु डा. राजु लामा (कोन्दन) र प्रा. डा. बुलन्द थापाले आफ्नो मन्तव्य राख्नुभएको थियो।

    प्रमुख अतिथि माननीय कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीज्यूले डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स नेपाली किसानको हकहितका लागि सञ्चालनमा ल्याइएको उद्योग भएकोले यस उद्योगलाई मन्त्रालयबाट आवश्यक सहयोग पुर्‍याउने प्रतिवद्धता जनाउनुभएको थियो। कार्यक्रममा सचिव अशोक खनाल, उच्च व्यवस्थापन समिति संयोजक वासुदेव न्यौपाने, लेखा सुपरीवेक्षण समिति संयोजक रमेश चन्द्र गौतम र कोषाध्यक्ष युदेश सिंह महर्जनले आ–आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो।

    कार्यक्रममा संस्थाका शेयर सदस्य गायत्री घिमिरेले कविता वाचन गर्नुभएको थियो भने सदस्य बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव अशोक खनालले गर्नुभएको थियो। साथै, डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स, कीर्तिपुर, काठमाडौं मा उत्पादित विभिन्न परिकारहरूको स्टलसमेत राखिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ