Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते


बिहीबार , माघ ३ २०८१
  • 370
    SHARES

  • images
    कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते

    कपिलवस्तु, माघ ३ – कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घटना वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर भएको हो।

    images
    images
    images

    नेपाली र भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकल एकापसमा ठोक्किँदा शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र सैनामैना-४ का २७ वर्षीय रोमन थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। नेहामन अली यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा सवार थिए भने रोमन थारु लु १० प ४४९६ नम्बरको मोटरसाइकल चलाइरहेका थिए।

    दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्। उनलाई तत्कालै उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको र थप उपचारका लागि बुटवल पठाइएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट नभए पनि दुवै मोटरसाइकल तीव्र गतिमा रहेको हुनसक्ने अनुमान गरिएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको छ। स्थानियले यस्तो भित्री सडकखण्डमा ट्राफिक नियमको पालना गर्न र सडक सुरक्षा सुनिश्चित गर्न प्रशासनलाई आग्रह गरेका छन्।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ